यस पटक पनि पुरुषको संख्याभन्दा महिलाको संख्या केही बढि देखिएको छ । जनगणना अनुसार पुरुषको संख्या १ करोड २९ लाख २७ हजार ४ सय ३१ (४८.६६ प्रतिशत) र महिलाको संख्या १ करोड ३६ लाख ९३ हजार ३ सय ७८ (५१.४४ प्रतिशत) रहेको छ । मुलुकको जनसंख्याको बार्षिक बृद्धदर १.४० प्रतिशत देखिएको छ । यसअघिको जनगणनामा २ प्रतिशतभन्दा बढि देखिएको थियो ।
देशभरीमा जम्मा ५६ लाख ५९ हजार ९ सय ८४ घर परिवार रहेका छन् । उनीहरुको लागि ४७ लाख ६७ हजार १ सय ९६ घर तथा भवनहरु रहेको पनि जनगणनाले देखाएको छ ।
विदेश जानेको सङ्ख्यामा वृद्धि
नेपालबाट विदेश जाने मानिसको सङ्ख्यामा वृद्धि भएको तथ्याङ्कले देखाएको छ। यस्तो सङ्ख्या १९ लाख १७ हजार नौ सय तीन छ भने यस अघि सात लाख ६२ हजार एक सय ८१ रहेको थियो। विदेशिएकामध्ये ८६ दशमलव सात पुरुष र १३ दशमलव तीन प्रतिशत महिला छन्। त्यसैगरी यसरी जानेमा ग्रामीण क्षेत्रका ८५ दशमलव ३८ प्रतिशत र शहरी क्षेत्रका १४ दशमलव ६२ प्रतिशत छन्।
असोज १०- २०६८
No comments:
Post a Comment