May 11, 2011
बिष्फोटक पदार्थको जोखिम
हिम विष्ट
गत चैत १९ गते डोल्पा सदरमुकाम दुनैमा एक घरमा बम बिष्फोट २ जना र हुम्लामा दर्ुइजनाको ज्यान गयो । सरकारको तथ्याङक अनुसार शान्ति सम्झौता भएदेखि अहिलेसम्म ७६ जनाले यस्तै घटनाबाट ज्यान गुमाईसकेका छन् भने सयांै र्घाईते भएका छन् । यसै सेरोफेरोमा सरकारले आगामी असार मसान्तसम्ममा नेपाललाई बारुदी सुरुङ मुक्त बनाउने योजना पनि बनाएको छ ।
विस्तृत शान्ति सम्झौता अनुसार 'दुबै सशस्त्र तथा तत्कालीन व्रि्रोही पक्षहरुले सशस्त्र द्धन्द्धमा प्रयोग गरिएका धराप तथा वारुदी सुरुङको रखाङकन गर्न ३० दिनभित्र आवश्यक जानकारी उपलब्ध गर्राई र त्यस्ता धराप र सुरुङहरु ६० दिनभित्र निष्कृया पार्न, हटाउन एवम् निमूल गर्न एक अर्कालाई सहयोग गर्ने' हो । तर विस्तृत शान्ति सम्झौतामा गरिएको प्रतिवद्धता चार वर्षवितिसक्दा अझै कतिपय ठाँउमा बारुदी सुरुङ वाँकी छ र अब ढिलो भएपनि आउदो असार महासन्तसम्म यो हर्टाईसकिने छ । सेनाका तर्फाट विछ्याईएका यस्ता बारुदी सुरुङहरु हट्ने भएपनि युद्धका बेला अज्ञातस्थलमा जथाभावी छरिएर रहेका बिष्फोटक पदार्थले भने निरन्तर ज्यान लिईरहेको छ र यो निरन्तर खतरा भईरहेने देखिन्छ । बारुदी सुरुङका लेखाजोखा र एकिन तथ्याङसहित काम अन्तिम चरणमा पुगेपनि अन्य घरेलु निर्मित विष्फोटक पदार्थ निरन्तर चुनौति बनिरहेको छ । विस्तृत शान्ति सम्झौतापछि ३०० भन्दा धेरै दर्ुघटना भईसकेका छन् । यसले के देखाउछ भने बारुदी सुरुङ हटाउने क्रम सकिन लागेपनि अज्ञात ठाँउहरुमा छरिएर रहेका अन्य विष्फोटक पदार्थ टाउको दुखाईको विषय बनिरहेको छ र बनिरहने छ । यसले गर्दा असार महिनामा नेपालमा प्रयोग भएका सबै बारुदी सुरुङ नष्ट गरेपनि कार्यक्रमको लक्ष्य अधुरो हुनेमा कुनै संका छैन । युद्धकालमा व्रि्रोही पक्षले आफ्नो आवश्यकता अनुसार घरेलू विष्फोटक पदार्थ उत्पादन गर्ने र प्रयोग गर्ने गर्यो । तर ति सबै व्यस्थित र एकिन ढंगले पक्कै प्रयोग भएनन् । विभिन्न ठाँउमा सुरक्षाकर्मी र व्रि्रोहीपक्षबीच भएका भिडन्तका क्रममा रहेका र छोडिएका यस्ता विष्फोटक पदार्थ रहेका हुनसक्छन् जुन अहिले पनि विष्फोटक पदार्थका हिसाबले त्यस्ता संवेदनशिल क्षेत्र हुन् । त्यस्तै विभिन्न बिकट ठाँउमा व्रि्रोही सेनाहरुले तालिम गरेका ठाँउलाई पनि संवदेनशील ठाँउमा रुपमा लिन आवश्यक छ । विष्फोटक पदार्थ बनाउन प्रयोग भएका घर र ठाँउहरुबारेपनि राम्रोसँग खोजी गरि यस्ता विषयवस्तु हर्टाई जोखिम न्युनिकरण गर्नसक्नर्ुपर्छ । व्रि्रोहीले आफु अनुकुल विभिन्न ठाँउमा लुकाएर राखेको वा छोडेका विष्फोटक पदार्थहरु कहाँ कति छन् एकिन तथ्याङक पाउन मुस्किल छ । सरकारी सेनाले पनि युद्धका बेला हतारमा यस्ता पदार्थहरु छोडेको हुनसक्छ र यि कुराहरु बेला बेलामा दोहोरिरहने घटनाले पनि प्रमाणित गर्छ ।
मुलुक शान्ति प्रकृयामा छ र आम नागरिक शान्तिको कामना गरिरहेका छन् तर अन्जानवस छोडिएका विष्फोटक पदार्थले को कहाँ कतिबेला सिकार बनाउनछ टुंगो छैन । अब यसको लागि थप सचेत हुने बेला भएको छ र सबैको सकृय तथा सचेतताको आवश्यकता छ । हो विगतको युद्धबारे सबै जानकार छन तर युद्धका लागि प्रयोग भएको विष्फोटक पदार्थबारे जानकारी नहुनु एउटा सबै भन्दा ठुलो चुनौति हो । यो खतरा चिज हो भनेर जान्दाजान्दै पनि आकस्मिक रुपमा दर्ुघटना हुनसक्छ । विष्फोटक पदार्थ कहाँ कति कस्तो अवस्थामा छन् थाहा हुन नसक्नु अर्को समस्या हो । विष्फोटक पदार्थको नष्ट गर्नका लागि अब सबै भन्दा ठुलो हतियार भनेको जनचेतना र सामुहिक हातेमालो नै हो । स्थानीयवासी,प्रहरी,सेना र यससम्बन्धी काम गरिरहेको सरकारको संयन्त्रबीचको सुझवुझपर्ुण्ा हातेमालोविना विष्फोटक पदार्थको खतराबाट मुक्त हुन सम्भव छैन । सायद यसैलाई ध्यान दिएर हुन सक्छ सरकारले विष्फोटक पदार्थबारे चेतना जगाउन शैक्षिक कार्यक्रमपनि संचालन गरेको छ । तर एकहोरो शैक्षिक चेतनामात्रै प्रयाप्त होइन भन्ने निरन्तर घटिरहेका घटनाले पुष्टि गरिरहेको छ । बम खतरा हो भन्ने जसलाई पनि थाहा हुन्छ तर देखे वा भेटे के गर्ने भन्ने अर्को जटिल र महत्वपर्ुण्ा समस्या हो । यसको लागि सरकार ,यस मातहतका सुुरक्षा निकाय र यस क्षेत्रमा काम गरिरहेका संघसंगठनले संयन्त्र परिचालन गरेर सम्भावित क्षेत्रमा अध्ययन अनुसन्धान गर्न आवश्यक छ । हो एक एक इन्च खोजेर पत्ता लगाउन गाह्रो छ तर पहिले ठुल्ठुला भिडन्त भएका ठाँउहरुलाई रेखाङकन गरेर यस्ता खतरनाक विष्फोटक पदार्थहरुको खोजी गर्न सकिन्छ । अन्यत्र छरिएर रहेका ठाँउहरुको सम्भावित ठाँउको खोजी र पहिचानका लागि विष्फोटक पदार्थलाई निरुत्साहित गर्न र हटाउन प्रहरीले पनि यस्ता विषयमा स्थानीयवासीलाई उत्साहित गर्न आवश्यक छ । त्यस्तै विष्फोटक पदार्थ पाईएमा तत्काल निष्कृय बनाउनका लागि नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई छिटो छारितो किसिमले सम्बन्धित ठाँउमा पुग्ने व्यवस्था गर्नुपर्छ । अर्कोतिर यस्तो खतरनाक विष्फोटक पदार्थबारे स्थानीय जनताले सुरक्षा निकायलाई जानकारी गराउनका लािग
भयरहित र सरल हुनर्ुपर्छ । विस्फोटक पदार्थ देखिसकेपछि प्रहरी तथा सेनालाई जानकारी गराउन खोज्दा पक्राउ पर्ने डरले स्थानीय वासीले देखिएका र भएका विष्फोटक पदार्थबारे जानकारी नगराउन सक्छन् । यसमा सरकारले विशेष कार्यक्रम नै संचालन गरेर यस्ता भय हटाउन सक्नर्ुपर्छ । यसका लागि स्थानीय तहसम्म रहेका प्रहरी चौकी मार्फ यस्ता कामहरु गर्न सकिन्छ किन भने उनीहरु स्थानीय तहमा राम्रोसँग भिजेका हुन्छन् र यस्तो संवेदनशिल विषयमा प्रहरी पनि जिम्मेवार र सहयोगि हुन आवश्यक छ । माओवादी सेनाहरु शिविरमा बसेपछि ५२ हजार भन्दा धेरै घरेलु निर्मित विष्फोटक पदार्थहरु नष्ट त गरिएको थियो तर माओवादी सेनाले जहाँ जहाँ राखेका थिए सबै उठाएर नल्याएका हुन सक्छन् । विष्फोटक पदार्थ व्यक्तिगत हिसाबले पनि विभिन्न ठाँउमा राखिएका हुनसक्छन् जो स्वय माओवादी लडाकुलाई जानकारी हुनपनि सक्छ नहुनपनि सक्छ । यसमा सरकार र माओवादी दुबै मिलेर माओवादी लडाकुहरुको सहयोग लिन सकिन्छ र सम्झन नसकेपनि सम्भावित क्षेत्रको पहिचान पछि यसको खोजी सजिलो हुन सक्छ । सम्भवत छरिएका विष्फोटक पदार्थलाई पुरै निर्मुल पार्न नसक्ने देखेर नै हुन सक्छ सरकारले शिक्षाका कार्यक्रमलाई पनि जोड दिएको छ । शिक्षा महत्वपर्ुण्ा पाटो त हो नै त्यो शिक्षालाई ग्रामिण क्षेत्रमा थप प्रभावकारी बनाउनर्ुपर्छ । जे भएपनि विष्फोटक पदार्थले अझै केही वर्षहामीलाई जोखिममा राख्नेमा कुनै संका छैन । किन भने पहिलो र दोस्रो विश्व विश्वयुद्धमा छरिएका यस्ता विष्फोटक पदार्थले अहिलेपनि ज्यान लिने गरेको बेलाबेलामा सुन्न पाउछौ । हाम्रो मुलुकमा त्यस्तो भयावह नभएपनि शान्तिसम्झौताका ४ वर्षवितिसक्दा पनि भएका दर्ुघटनाले तत्काल छुटकरा पाउन गाह्रो छ । त्यसैले सरकार,सुरक्षा अंग र स्थानीय वासीको हातेमालोले नै विष्फोटक पदार्थको निराकरण,निमुलिकरण गर्न सकिन्छ भन्नेमा दर्ुइमत छैन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment