May 16, 2011

जय संविधानसभा

हिम विष्ट
संविधानसभाको म्याद थप्नु भन्दा पहिलो एकिकृत मस्यौदा ल्याउछौं भनेर माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री झलनाथ खनालले कुम जोडी -जोडी भाषण गरे । जनतालाई जसरी पनि संविधान चाहिएको छ तर छलछाम गरेर आएको संविधान मान्ने मुडमा छैनन् । आश रहुन्जेल आश भनेजस्तो संविधान नआएपनि नयाँ केही आउला भनेर जनताले कुरीरहने नै भए । अझ संविधानको एकिकृत मस्यौदा आउछ भन्ने भनाईले त केही उत्पात नै हुन्छ की भन्ने भएको थियो । तर कसरी हुन्थ्यो । प्रधानमन्त्री खनाल र्टर्कीकोर् इस्तानबुलमा वसिरहेको बेला आफ्ना साथी केपी ओली र माधव नेपालले संविधानको मस्यौदा बनाउने कसरत भन्दा आफ्नै नेतालाई कर्ुर्चीबाट पछार्ने योजना बनाउन थाले । सायद त्यति थाहा भएर होला प्रधानमन्त्री खनालपनि घर र्फकने वित्तिकै माओवादीका नेतालाई बोलाएर छलफल गरे अनि एकिकृत मस्यौदाको ठाँउमा अन्तरिम संविधान संविधान संसोधन गर्ने मस्यौदा लगेर संसद सचिवालयमा दर्ता गर्राईर्दि । कर्ुर्चीबाट उछिट्टाएर फाल्ने योजना बनाएका ओली-नेपालाई हेरेको हेरेयै बनाई दिए अध्यक्ष तथा प्रधानमन्त्री खनालले । ठुला बडा भनेका ठुला बडा नै हुन जे भएपनि, प्रधानमन्त्री भनेका प्रधानमन्त्री नै हुन । जे भएको पनि २०६८ साल बैशाख २९ गते संविधानसभाको म्याद थप गर्ने योजना साहित संसद सचिवालयमा अन्तरिम संविधान संसोधन विधेयक दर्ता भएको छ । अब निउ नपाएकाले निउको मसला चाही राम्र्रै पाउने भए । जय संविधानसभा भन्नुको विकल्पै छैन । २०६८-२-३

No comments: