ल है फुन्टीवाङ नपुगि हुन्न । हेर्न पर् यो त्यो ठाँउ तुसाथीहरु रोल्पातिर हान्निदा बीचबाटोमा नै निकै जोड गर्दै थिए । माओवादीभित्रको अन्र्तसंघर्षको कुरो आउने वित्तिकै चर्चामा आईहाल्ने फुन्टीवाङ हेर्ने मोहले साथीहरु भुतुक्कै थिए । ुहोईन यो माओवादीको विवाद आउन वित्तिकै नेताको फोटो मात्रै देखाउने गरिन्छ अब त फुन्टीवाङको भिजुअल नै देखाउने होुसाथी योगेश ढकाल उचाल्लिदै हुनुहुन्थ्यो । ुहो॥ हो ॥यो त एक्सक्लुसिभ नै हुन्छ नीुछेवैको साथी एमन पौडेल जी चम्किदै हुनुहुन्थ्यो । आफुपनि घुम्ने जिम्मेवारी पनि फत्ते गर्ने । एक तिर दुई सिकारको योजनामा मग्न थिए साथीहरु ।
……
२०६१ सालमा तत्कालीन नेकपा माओवादीले भारतविरुद्ध सुरुङ युद्ध गर्ने निर्णय गरेको ठाँउ हो फुन्टीवाङ । जहाँबाट माओवादी भित्र भारतलाई हेर्ने विषयमा मतभेदको बिउ रोपियो । १५ दिन यही वसेको केन्द्रिय समितिको बैठकले भारतसँग सुरुङ युद्ध गर्ने निर्णय त गर् यो तर डाक्टर बावुराम भट्टराईले असहमति अयो । यही भएको वहसपछि वढेको मतभेदका आधारमा भट्टराईले १३ वुँदे र ४ वुँदे असहमति पत्र ुहेडक्वाटरुमा दर्ता गर्नुभएको थियो । पछि कारवाहीको शिलशिला समेत चल्यो । भारतलाई हेर्ने दृष्टीकोण र सम्बन्धको विषयमा यहीबाट रोपिएको विवाद माओवादीभित्र अहिलेपनि छ । त्यसैले फुन्टीवाङको चर्चा वारम्बार आउछ । जसले गर्दा पनि यो ठाँउ संचारकर्मीको दिमागमा घुमिरहनु स्वाभाविक थियो ।
उवाको थर्पुमा बिहानको खाना खाएर उकालो लागियो । अघिल्लो दिनको हिडाईले सिठ्ठो भएपनि हिड्नुको विकल्प छैन । ४ घण्टा हिडेपछि जलजलाको लहरोसँग जोडिएको थवाङ गाँउ छिर्ने सलाफछेडामा उक्लियौं । थकाई र पसिनाले निथु्रक्क भएको ज्यान भत्त्रायक्क भुईमा फालियो । हँुई हुँईती चलेको चिसो हावा त्यसैमा ज्यानको पसिना सुकेपछि भर्खरै हिउले नुहाएको जस्तो ज्यान भयो । ुल फुन्टीवाङ जाने हो भने थवाङ गाँउ जान अझै ३ घण्टा लाग्छु सभासद सन्तोष वुढामगर मोबाईल कोट्याउदै हिड्ने समय सुनाएपछि सबैको निधार एकएका एक चाउरिएर । ुसाढे सातको दशा कसरी लाग्दो रहेछ भन्ने त बल्ल थाहा भयो । जिन्दगीमा १ घण्टाभन्दा वढी नहिडेको ज्यान अझै … ु अमिलो मुख बनाएर साथी दिनेश श्रेष्ठ पुर्पुरो समाउदै थिए । ुजे सुकै होस फुन्टीवाङ पुग्ने होु अन्य साथीहरु मसक्कै आँटीसकेका छन् ।
सलापछेडाको ओलारो लागियो । बुङबुङती धुलो । पछाडी हिड्नेलाई एकै छिनमा अनुहारै फेरीदिने । मुलबाटो फेदै साथीहरु तलमाथी गर्दै दौडादौड गर्दा गर्दै ुंंंंलौ आयो फुन्टीवाङु सभासद सन्तोष वुढामगरले औलो तेस्राएपछि सबै खै खै भन्दै आए । एकै छिनमा ए॥ए। भन्दै टेलिभिजन क्यामाराका साथीहरु क्यामेरा तेस्राएर लङसट् लिन थाले । ुबैठक वसेको घर कुन हो ु साथीहरु मुन्टो तन्काउदै थिए । हामीलाई लिएर हिडिरहेका सभासद वुढा ुउ…त्यै हॊ भन्दै हुनुहुन्थ्यो ।ु अलि टाढैबाट भएकाले पनि होला कतिले खुट्याए कतिले मेसै पाएनन् । वरीपरिका डाँडाँलाई चोर औलाले देखाउदै सभासद वुढामगर फुन्टीवाङ बैठकका बेला सम्झदै ुबैठक बस्दा ति तीन वटा डाँडाँमा एल एम जिको टिम राख्यौ । तल तल जनमुक्ति सेना । हेलिकप्टर आएको भए त खसालिन्थ्योु भनेर रोमााचीत मुडमा हुनुहुन्थ्यो ।
…………………
भत्किएको घरको पाली । लिपेको माटो पनि भित्ताबाट खुईलिएर झरिरहेका छन् । ढोका र बरण्डाका काठमा धमिराले मनपर्दी गरिरहेका छन् । घरको उपल्लोपट्टी सानो घरको भात्किएको गारो अनि सँगसँगै जोडिएको कुनै कार्यक्रमका लागि बनाईएको अस्थाई माच भत्किएको जस्तो । ुयॊ त पक्की घर थियो हामी आफैले बनाएको । पदाधीकारी यहाँ वस्ने केन्द्रिय सदस्य यता पट्टीु सभासद सन्तोष वुढामगरले बैठकस्थलबारे जानकारी गराउदै हुनुहुन्थ्यो । ुखाली र पुस्रदको समयामा यो घरमापाली मात्रै भत्किएको घर वस्ने छलफल गर्ने र खास बैठक चाही यही गारोमात्रै भएको ठाँउमा वस्थ्यो ।ु खासमा त्यो घर र जग्ग्ाा युद्धको समयमा कब्जा गरिएको रहेछ । घरका मालिक अहिले पनि फर्केका छैनन् । माओवादीलाई पनि खाँसै वास्ता छैन । ुरामकुमार वुढा माओवादीको प्रतिपक्ष जस्तै थिए त्यसैले कब्जा गरिएको हो अहिले ता उहाँका छोरीहरुले लिवाङमै ७ तले घर हालेका छन् । यहाँ आन्ननु स्थानीय वासी भन्दै थिए । ुपुरानो भग्नावशेषमा परिणत भैसकेको बैठक स्थलको दायाँ वायाँ खनिएका सुरुङपनि भत्किएका छन् । सेनाले आक्रमण गरिहाल्यो भने भाग्ने भनेर बनाईएकोुपुरिदै गरेको सुरुङ देखाउदै सभासदले हामीलाई जानकारी गराउनुभयो ।
ुयो गाँउलाई त नमुना गाँउ बनाउने भनेर हामी लगेको पनि पो तुअखिल नेपाल महिला संघ क्रान्तिकारी की केन्द्रिय सचिवालय सदस्य सम्झना घर्ती द्धन्द्धकालमा विकासको पहलबारे सम्झिनुभयो । नमुना गाँउ बनाउनका लागि छेवैको खोलाबाट ६२ सालतिर बनाईएको लघुजलविद्युत गृहबाट उत्पादन हुने विजुलीले अहिले पनि गाँउ झलमल्ल छ । तर नमुना गाँउ बनाउनका लागि माओवादीले गरेकोको विकासको सम्झन लायकको चिनो लघुजलविद्युत मात्रै रहेछ । ुसुरुमा विजुली त्यसपछि खानेपानिस्वास्थ्यतरकारी खेतीको योजना कार्यान्वयन गर्ने भन्ने थियो । खै के भो के भोु बीचमै तुहिएको योजना सुनाउनुभयो सम्झना जीको भनाई छुहाम्रो महिला संगठनबाट ५ लाखपनि छुट्टाईएको हो । शान्ति प्रकृयामा आएपछि सबै ध्यान केन्द्रमा गयो स्थानीय योजनाहरु फुत्कन थाले ।ु त्यै बेला कार्यकर्ता बटुलेर गाँउको फेददेखि टुप्पोसम्म चिल्ला ढुंगा बिछ्याएर चिटिक्क पारेको बाटोलाई पनि विस्तारै माटोले पुदैछ । थेगी नसक्ने आलु उत्पादन हुने यो क्षेत्रमा माओवादीले स्थापना गरेको आलु चिप्स उद्योगपनि वन्द छ । संचालनमा रहेको महिला साक्षरता कक्षा बन्द भएको उहिल्यै हो । सहकारी अस्पताल वन्द भईसकेको रहेछ । ुह्या॥ के नमुना गाँउ भन्नु औषदी गर्न त २ घण्टा हिडेर थावाङ ठुलो गाँउ पुग्नुपर्छ ।ु गाँउमै भेटिएका छिर्केविर्के कपाल रंगाएर डुलीरहेका अन्तिम पुन नाक खुम्च्यउदै थिए । एकै छिनमा साथी किरणका दोस्ती वनीसेका थिए अन्तिम । किरन जी जिस्काउदै हुनुहुन्थ्योुबड्डा तिमी अन्तिम पुन म सुरुको पुन ।ु
घुम्दाघुम्दै पेटमा मुसो दगुर्न थालिसकेको थियो । आलु उसुन्नेर साथीहरु छोप कुट्दै थिए । हामीलाई फुन्टीवाङको मोहले लठ्ठ पारिरहेको थियो । ए यो गाँउ त माओवादी केन्द्रिय सल्लाहकार तेजमान घर्ती ुदिर्घुको गाँउ पनि पो त । उहाँको घर जान पाईएन । ुउ त्यही होु भन्दै गाँउको सिरान तिर स्थानीयवासीले सिकाउदै थिए मैले चाही खुट्याउन सकिन । उहाँकै नाममा ुदिर्घ स्मृति नमुना गाँऊको योजना खुईलिदै छ । थवाङलाई माओवादी सरकारको पालामा नमुना गाँउ बनाउने योजना अगाडी सार् यो । थवाङ गाविसको १ नम्बर वडा फुन्टीवाङमा युद्धकालको झझल्को त छ तर शान्तिपछि विकासको झझल्को अझै छैन । स्थानीय पनि अल्छि भएछन क्यार । स्थानी मनसुखी रोकाले आफ्नै लबजमा अहिलेको वास्तविकता खोज्नुभयोुखै पइला॥पईला त नमुना गउ बनाउने भन्थे बैठक भेला गर्थे । आजकल त त्यस्तै त्यस्तै छ ।ु ुयो थवाङ गाविसलाई नै एकिकृत रुपमा नमुनाको रुपमा लैज्ाानेहो ु माओवादी युद्धको उद््गम थावाङबारे सम्झना जीले बुनेका योजना पनि सुनियो ।
गाँउ गुम्यौं । बैठकका बेला सबै नेता वसेका घर हेरियो । नेता वसेका खाएका सम्झना गाँउलेको मनमस्तिस्कमा अझै झलझली छ । युद्धको तालले छोडिसक्यो । विकासको तालले अझै छोएको छैन । फुन्टीवाङ रोपिएको वैचारिक वहस काठमाण्डु पेरिडाँडामा छ । हामी पनि गाँउको सम्झना लिएर स्थानीय क्लबले लगाईदिएको माला लगाएर हिड्यौ । वाई वाई फुन्टीवाङ…
No comments:
Post a Comment