करिब ७ बजेतिर माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा जहाज उपत्यका प्रवेश गर्ने क्रममा ललितपुरको विशङ्खुनारायण गाविस र लामाटार गाविसबीचको सीमा कोटडाँडामा दुर्घटनाग्रस्त भएको छ। जहाज लाँकुरी भञ्ज्याङमाथि पुगेपछि सम्पर्कविहीन भएको थियो। दुर्घटनास्थल गोदावरी पार्क जाने बाटोबाट २ किलोमिटर पूर्व र विशङ्खुनारायण मन्दिरबाट एक किलोमिटर उत्तरपूर्वमा पर्छ। विमानमा चालक दलका ३ सदस्य र १६ यात्रु थिए। अधिकांश यात्रुको बुकिङ लोसार ट्राभल्सबाट गरिएको थियो। विमानस्थल स्रोतका अनुसार जहाजमा १० यात्रु भारतीय र ६ युरोपेली देशका थिए।
ललितपुरका एसपी भोगबहादुर थापाले एक व्यक्तिलाई जीवितै उद्धार गरेको जानकारी सञ्चारकर्मीहरुलाई दिएका छन्। प्रहरीका अनुसार १६ जनाको दुर्घटनामा मृत्यु भएको छ।
विमानस्थल स्रोतका अनुसार नाइन एन- एइके कल साइन रहेको १९०० डी बीचक्राफ्टलाई क्याप्टेन जेबी ताम्राकार र पद्मा अधिकारीले उडाएका थिए। जहाजमा अस्मिता श्रेष्ठ एअर होस्टेस थिइन्। ३० वर्षका ताम्राकार ललितपुर मानभवन निवासी हुन्।
No comments:
Post a Comment