२०६१ सालमा तत्कालीन नेकपा माओवादीले भारतविरुद्ध सुरुङ युद्ध गर्ने निर्णय गरेको ठाँउ हो, फुन्टिवाङ । जहाँबाट माओवादीभित्र शक्ति केन्द्रीकरणको विषयमा मतभेदको बीउ रोपियो । १५ दिन यहीँ बसेको केन्द्रीय समितिको बैठकले भारतसँग सुरुङ युद्ध गर्ने निर्णय त गर्यो । साथै नेतृत्व केन्द्रीकरण गर्ने कुरामा डाक्टर बाबुराम भट्टराईको असहमति आयो । यहीँ भएको बहसपछि बढेको मतभेदका आधारमा भट्टराईले १३ बुँदे र ४ बुँदे असहमतिपत्र ‘हेडक्वाटर’ मा दर्ता गर्नुभएको थियो । त्यो पत्र बाहिर सार्वजनिक भएको र पार्टी पद्धति अनुरूप नगरेको भन्दै भट्टराईलाईकारवाहीको सिलसिला समेत चल्यो । यहीँबाट रोपिएको विवाद माओवादीभित्र अहिले पनि छ । त्यसैले फुन्टिवाङको चर्चा बारम्बार आउँछ । जसले गर्दा पनि यो ठाउँ सञ्चार कर्मीको दिमागमा घुमिरहनु स्वाभाविक थियो ।
अर्घाखाँचीको खनदहमा सेनाको भिडन्तमा मारिएका माओवादी सेनाका तत्कालीन सह-बि्रगेड कमाण्डर दिलकुमार पुन ज्वारको घर उवाको थर्पुमा बिहानको खाना खाएर उकालो लागियो । अघिल्लो दिनको हिँडाइले सिठ्ठो भए पनि हिँड्नुको विकल्प छैन । ४ घण्टा हिँडेपछि जलजलाको लहरोसँग जोडिएको थवाङ गाउँ छिर्ने सलाफछेडामा उक्लियौं । थकाइ र पसिनाले निथु्रक्क भएको ज्यान भत्र्यक्क भुइँमा फालियो ।

हुइँहुइँती चलेको चिसो हावा त्यसैमा ज्यानको पसिना सुकेपछि भर्खरै हिउले नुहाएको जस्तो ज्यान भयो । ‘ल फुन्टिवाङ जाने हो भने थवाङ गाउँ जान अझै ३ घण्टा लाग्छ,’ रोल्पा क्षेत्र नम्बर २ का सभासद् सन्तोष बुढामगरले मोबाइल कोट्याउँदै हिँड्ने समय सुनाएपछि सबैको निधार एकाएक चाउरिए । ‘साढे सातको दशा कसरी लाग्दो रहेछ भन्ने त बल्ल थाहा भयो । जिन्दगीमा १ घण्टाभन्दा बढी नहिँडेको ज्यान अझै कति हो… ‘ अमिलो मुख बनाएर काठमाण्डुका रैथाने साथी दिनेश श्रेष्ठ पुर्पुरो समाउँदै थिए । ‘जे सुकै होस फुन्टिवाङ पुग्ने हो,’ अन्य साथीहरू मसक्कै आँटिसकेका छन् ।
सलापछेडाको ओलारो लागियो । बुङबुङती धुलो । पछाडी हिँड्नेलाई एकै छिनमा अनुहारै फेरिदिने । मूलबाटो फेदै साथीहरू तलमाथि गर्दै दौडादौड गर्दा गर्दै ‘ंंंंलौ आयो फुन्टिवाङ,’ सभासद् सन्तोष वुढामगरले औंलो तेस्र्याएपछि सबै खै खै भन्दै आए । एकै छिनमा ए..ए. भन्दै टेलिभिजन क्यामाराका साथीहरू क्यामेरा तेस्र्याएर लङ्गसट् लिन थाले । ‘बैठक बसेको घर कुन हो ?’ साथीहरू मुन्टो तन्काउदै थिए । हामीलाई लिएर हिँडिरहेका सभासद् वुढा ‘उ…त्यै होे भन्दै हुनुहुन्थ्यो ।’ अलि टाढैबाट भएकाले पनि होला कतिले खुट्याए, कतिले मेसै पाएनन् । वरिपरिका डाँडालाई चोर औलाले देखाउँदै सभासद् वुढामगर फुन्टिवाङ बैठकका बेला सम्झदै ‘बैठक बस्दा ती तीन वटा डाँडामा एल. एम. जीको टिम राख्यौं । तलतल जनमुक्ति सेना । हेलिकप्टर आएको भए त खसालिन्थ्यो’ भनेर रोमाञ्चित मुडमा हुनुहुन्थ्यो ।

भत्किएको घरको पाली । लिपेको माटो पनि भित्ताबाट खुईलिएर झरिरहेका छन् । ढोका र बरन्डाका काठमा धमिराले मनपर्दी गरिरहेका छन् । घरको उपल्लोपट्टी सानो घरको भत्किएको गारो अनि सँगसँगै जोडिएको कुनै कार्यक्रमका लागि बनाइएको अस्थायी मञ्च भत्किएको जस्तो । ‘यो त पक्की घर थियो हामी आफैले बनाएको । पदाधिकारी यहाँ बस्ने केन्द्रीय सदस्य यता पट्ट,ि’ सभासद् सन्तोष बुढामगरले बैठकस्थलबारे जानकारी गराउँदै हुनुहुन्थ्यो ।
‘खाली र फुर्सदको समयमा यो घरमा -पाली मात्रै भत्किएको घर) बस्ने छलफल गर्ने र खास बैठक चाहि यही -गारोमात्रै भएको ठाँउ) मा बस्थ्यो ।’ खासमा त्यो घर र जग्ग्ाा युद्धको समयमा कब्जा गरिएको रहेछ । घरका मालिक अहिले पनि फर्केका छैनन् । माओवादीलाई पनि खासै वास्ता छैन । ‘रामकुमार बुढा माओवादीको प्रतिपक्ष जस्तै थिए त्यसैले कब्जा गरिएको हो अहिले त उहाँका छोरीहरूले लिवाङमै ७ तले घर हालेका छन् । यहाँ आन्नन,’ स्थानीयवासी भन्दै थिए । ‘पुरानो भग्नावशेषमा परिणत भैसकेको बैठक स्थलको दायाँबायाँ खनिएका सुरुङ पनि भत्किएका छन् । सेनाले आक्रमण गरिहाल्यो भने भाग्ने भनेर बनाईएको,’ पुरिँदै गरेको सुरुङ देखाउँदै सभासद् बुढामगरले हामीलाई जानकारी गराउनुभयो ।
‘यो गाउँलाई त नमुना गाउँ बनाउने भनेर हामी लागेको पनि पो त’ अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सचिवालय सदस्य सम्झना घर्तीले द्वन्द्वकालमा विकासको पहलबारे सम्भिmदै भन्नुभयो । नमुना गाउँ बनाउनका लागि छेवैको खोलाबाट ६२ सालतिर बनाइएको लघुजलविद्युत गृहबाट उत्पादन हुने बिजुलीले अहिले पनि गाउँ झलमल्ल छ । तर नमुना गाउँ बनाउनका लागि माओवादीले गरेकोको विकासको सम्झन लायकको चिनो लघुजलविद्युत मात्रै रहेछ । ‘सुरुमा बिजुली त्यसपछि खानेपानी, स्वास्थ्य, तरकारी खेतीको योजना कार्यान्वयन गर्ने भन्ने थियो । खै के भो के भो,’ बीचमै तुहिएको योजना सुनाउँदै हुनुहुन्थ्यो, सम्झनाजी, ‘हाम्रो महिला संगठनबाट ५ लाख पनि छुट्टाइएको हो । शान्ति प्रक्रियामा आएपछि सबै ध्यान केन्द्रमा गयो, स्थानीय योजनाहरू फुत्कन थाले । त्यै बेला कार्यकर्ता बटुलेर गाउँको फेददेखि टुप्पोसम्म चिल्ला ढुंगा बिछ्याएर चिटिक्क पारेको बाटोलाई पनि बिस्तारै
माटोले पुर्दैछ । थेगी नसक्ने आलु उत्पादन हुने यो क्षेत्रमा माओवादीले स्थापना गरेको आलु चिप्स उद्योग पनि बन्द छ । सञ्चालनमा रहेको महिला साक्षरता कक्षा बन्द भएको उहिल्यै हो । सहकारी अस्पताल बन्द भइसकेको रहेछ । ‘ह्या.. के नमुना गाउँ भन्नु औषधी गर्न त २ घण्टा हिँडेर थावाङ ठुलो गाउँ पुग्नुपर्छ,’ गाउँमै भेटिएका छिर्केबिर्के कपाल रंगाएर डुलीरहेका अन्तिम पुन नाक खुम्च्यउँदै थिए । एकै छिनमा साथी किरणका दोस्ती बनिसकेका थिए अन्तिम पुन । किरनजी जिस्काउँदै हुनुहुन्थ्यो, ‘बड्डा तिमी अन्तिम पुन म सुरुको पुन ।’ घुम्दाघुम्दै पेटमा मुसो दगुर्न थालिसकेको थियो । आलु उसिनेर साथीहरू छोप कुट्दै थिए । हामीलाई फुन्टिवाङको मोहले लठ्ठ पारिरहेको थियो । ‘यो गाउँ त माओवादी केन्द्रीय सल्लाहकार तेजमान घर्ती ‘दीर्घ’ को गाउँ पनि पो त । उहाँको घर जान पाइएन । ऊ त्यही हो,’ भन्दै गाउँको सिरानतिर स्थानीयवासीले देखाउँदै थिए । मैले चाहिँ खुट्याउन सकिन । उहाँकै नाममा ‘दीर्घ स्मृति नमुना गाउँ’ को योजना चाहिँ अब खुइलिसकेको छ । थवाङलाई माओवादी सरकारको पालामा नमुना गाउँ बनाउने योजना अगाडि सार्यो । थवाङ गाविसको १ नम्बर वडा फुन्टिवाङमा युद्धकालको झझल्को त छ तर शान्तिपछि विकासको झझल्को अझै छैन ।
स्थानीय पनि अल्छी भएछन् क्यार । स्थानीय मनसुखी रोकाले आफ्नै लबजमा अहिलेको वास्तविकता खोज्नुभयो, ‘खै पइला..पइला त नमुना गाउँ बनाउने भन्थे बैठक भेला गर्थे । आजकल त त्यस्तै त्यस्तै छ ।’ तर माओवादी युद्धको उद््गम मानिने थावाङबारे सम्झनाजीले बुनेका योजना पनि सुनियो, ‘यो थवाङ गाविसलाई नै एकीकृत रूपमा नमुनाको रूपमा लैज्ााने हो ,’
फुन्टिवाङ गाउँ घुम्यौं । फुन्टिवाङ बैठकका बेला सबै नेता बसेका घर हेरियो । नेता बसेका खाएका सम्झना गाउँलेको मनमस्तिस्कमा अझै झलझली छ । युद्धको तालले छोडिसक्यो । विकासको तालले अझै छोएको छैन । फुन्टिवाङ रोपिएको वैचारिक बहस काठमाण्डु पेरिसडाँडामा छ । हामी पनि गाउँको सम्झना लिएर स्थानीय क्लबले लगाइदिएको माला लगाएर हिँड्यौ, मनभरी सम्झना राख्दै………। (आवरण मासिकबाट साभार) him.bista@gmail.com

No comments:
Post a Comment