Sep 21, 2011

केटी भन्दा भुतुक्कै हुने भुवनको अर्को लफडा

केटी भन्दा भुतुक्कै हुने भुवनको अर्को लफडा


युवतीका कारण वारम्वार चर्चामा आईरहने नायक भुवन के.सी फेरि पनि एक युवतीकै काण्डका कारण लफडामा फसेका छन् । कुरा हो, मंगलवार राति १० वजेतिरको । काठमाडौंको दरवारमार्गमा रहेको सिमोल लन्च एन्ड वारमा पुगेका भुवन र उनका दुई साथीले सम्भवत राम्रै पाठ सिके होलान् ।

रातमा रमाईलो गर्न पुगेका यी तीनले मादक पदार्थ सेवन गर्दै गएपछि अर्को टेवलमा वसेका तीन जना युवती जिस्काएछन् । जिस्काएपछि, युवती पनि के कम, भुवन र उनका अन्य दुई साथीमाथि जाईलागेछन् । युवतीहरु राम्रैसँग जाईलागेपछि भुवन र उनका एक साथी भने केही चड्कन खाएर त्यहावाट फरार भए ।

तर अर्का एक साथीले भने राम्रै कुटाई खाएको समाचार छ । चलचित्र क्षेत्रकै एक नायकको गाडी चढेर पुगेका नायक भुवन र उनका दुई साथीलाई ती युवतीले कुटेका हुन् । कुटाई खाएर भुवन के.सी ट्याक्सी चढेर त्यहावाट भागीहाले ।

अर्का एक साथीले भने वढि नै मादक पदार्थ सेवन गरेकाले भाग्न नसक्दा युवतीहरुको अलि वढि नै चड्कन खाएको खवर छ । नायक भुवन के.सी वारम्वार युवतीकै कारणले विवादमा पर्ने गरेका छन् ।

पछिल्लो समय भने युवती काण्डले भुवनलाई चर्चामा भन्दा पनि वढ वदनाम वनाईरहेको छ । केही महिनाअघि मात्र काठमाडौंको कोटेश्वरमा युवतीकै कारण उनले नराम्रोसँग कुटाई खाएका थिए । अर्काकी श्रीमतीसँगको सम्वन्धका कारण भुवन कुटीएका थिए ।

भुवनले रत्नसिं डंगोलकी श्रीमती शर्मिला डंगोललाई आफ्नो गर्लफ्रेन्ड भन्दै सार्वजनिक कार्यक्रममा देखिएपछि रत्नले उनलाई कोटेश्वर चोकमा कुटेका थिए । त्यो घटना सेलाउन नपाउदै भुवनले फेरी पनि युवतीकै हातवाट कुटाई खाएको खवर आएको हो ।

आफ्नी दोश्रो श्रीमती सुस्मिता के.सीले छोडेपछि एक्लीएका भुवन अहिले धेरै नै टेन्सनमा रहेको देखिन्छन् । उनले वनाएको चलचित्र साथी म तिम्रो प्रदर्शनमा आउने तयारीमा छ । तर युवती काण्डले वारम्वार चलचित्र चलाउने वाहना वनेपनि शर्मिलासगको सम्वन्धले भुवनलाई धेरै नै घाटा पुर्याएको छ ।

फेरि दरवारमार्गमा रहेको एक क्याफेमा युवतीको हातवाट कुटाई खाएर भाग्नु परेको घटनाले यी सुपरस्टारको करिअरमा धेरै नै घाटा लाग्ने देखिन्छ । हेरौं भुवनले यो घटनालाई कसरी सुल्झाउने जुक्ति अपनाउने हुन् । from=onlinekhabar.com

No comments: