लोग्ने स्वास्नीको झगडा छुट्याउने युवतीको हत्या
कैलाली, असोज ३ | नेपालीमा एउटा उखान छ लोग्ने-स्वास्नीको झगडा परालको आगो । यो उखान अनुसार लोग्ने स्वास्नीको झगडा परालको आगो हो यसलाई कसैले निभाउन पर्दैन आफै निभ्छ ।यो उखानलाई ख्याल नगरी 'परालको आगो' निभाउन गएकी एक युवतीको कैलालीको थापापुर गाविसमा हत्या भएको छ ।
थापापुर ६ का मानबहादुर चौधरी र उनकी श्रीमती धनरानी चौधरीबीचको झगडा छुट्याउन गएकी २० वर्षीया युवती अनिता चौधरीको उनै झगडीया दम्पत्तीले हत्या गरेका प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहार गरी अनिताको हत्या गर्ने मानबहादुर र उनकी श्रीमती धनरानीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छोरीमाथि धारीलो हतियार प्रहार भएपछि गएकी अनिताकी आमा काली चौधरीलाई पनि ती दम्पत्तीले घाइते बनाएका छन् । घाइतेको टीकापुर अस्पतालमा उपचार भईरहेकोर इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । from= www.unn.com.np
No comments:
Post a Comment