Sep 19, 2011

पुरुषलाई चाहिन्छ १४ जना, महिलालाई चाहिन्छ २ जना

एक नयाँ अनुसन्धाले कुनैपनि पुरुषले जीवनकाल भरिमा कम्तिमा १४ जना महिलासँग सम्भोग गर्न चाहने पत्ता लगाएको छ । जबकी महिलाले भने एक वा दुइ जना सेक्स पार्टनरको मात्र आवश्यकता महसुस गर्दछन् ।

यौन विज्ञ डाक्टर लुआन ब्रीजेनडाइले गरेको अध्ययन अनुसार पुरुष आफ्नो आनुवांशिक गुणकै कारण बढि महिलासँग सम्भोगको स्वाद लिन चाहन्छन् । डाक्टर लुआनले आफ्नो पुस्तकमा जनाए अनुसार पुरुषको सेक्स व्यवहार उसको मनोवैज्ञानिक तथा आनुवांशिक कारणसँग जोडिएको हुन्छ ।

एउटा पुरुषले जीवनमा १४ जना महिलासँग यौन सम्पर्क गर्न चाहनु वास्तमा कुनैपनि सद्धे पुरुषको जैविक गुण नै हो । तर आफ्नो जैविक अधिकारको रक्षाका लागि कुनैपनि पुरुषसँग महिलालाई बलात्कार गर्ने अधिकार छैन, डाक्टर लुआन भन्छन् तरपनि आफ्नो जैविक आवश्यकताको बारेमा कुरा गर्ने अधिकार भने अवश्य छ ।

उनका अनुसार पुरुषमा अत्यधिक यौन चाहना भएपनि त्यो प्रायः छिपाएर राख्छन् तर मौका मिलेको बेला छिटै प्रकट गरिहाल्छन् । पुरुष सेक्स र धोका दुबैमा महिला भन्दा अघि रहेको पनि उनको भनाइ छ ।

डाक्टर लुआनका अनुसार पुरुषमा हुने टेस्टेस्टेरोन हर्मोनका कारण यौन चाहना जागृत हुन्छ । डाक्टरका अनुसार यौन चाहना जगाउने मस्तिष्कको भाग पुरुषमा महिलाको भन्दा दोब्बर ठूलो हुन्छ ।

उनका अनुसार महिलाहरु सम्भोग भन्दा पाक्क्रिडालाई बढि महत्व दिन्छन् तर पुरुषका लागि पाकक्रिडा भन्दा सम्भोग नै प्राथमिकतामा पर्छ । यदि महिलाले पाकक्रिडामा धेरै महत्व दिन्छिन् भने त्यहाँ पुरुषलाई सम्भोगको महत्व झनै बढि हुन्छ । किनकी स्खलन बेला पुरुषमा अक्सिटोसिन हर्मोन निस्कन्छ जसले उसमा आनन्दको प्राप्तिसँगै दुखाइ कम गर्ने औषधिको पनि काम गर्छ । त्यहीँ कारणले पनि पुरुष पाकक्रिडालाई सकेसम्म कम गरेर सम्भोगलाई जाड दिन बाध्य हुन्छन् ।

तर यसो गर्नुलाई पुरुषले स्वार्थीपन मान्न नहुने डाक्टर लुआनको भनाइ छ । उनका अनुसार पुरुषको जैविक संरचना नै यस्तो हुन्छ की जसले उसलाई सकेसम्म छिटै सम्भोगको लागि बाध्य पार्छ । अर्थात् पुरुषमा धेरै महिलासाग यौन अनुभव बटुल्ने चाहना हुन्छ तर बिचरा आफ्नो जैविक कमजोरीका कारण कुनैपनि महिलालाई यथेष्ट सन्तुष्टि दिन सक्दैनन् ।From= http://www.onlinekhabar.com

No comments: