असोज २, आइतवारको भुइँचालोमा परि घाइते भएकाहरुको नामावली र उनीहरुको पछिल्लो अवस्थाको विवरण
- जिल्ला भोजपुर घर भै हाल का जि जमलमा बस्ने बर्ष २१ को चन्द्र श्रेष्ठ- दाहिने खुट्टामा चोट, आफै कोठाबाट हाम फालेको, अबस्था बोल्न सक्ने।
- जिल्ला तेर्हथुम घर भै हाल का जि स्वयम्भु बस्ने बर्ष २७ को कृष्ण बहादुर लिम्बु आफ्नै कोठाबाट हाम फाल्दा दाहिने खुट्टा भाँचिएको, बोल्न सक्ने ।
- भारत घर भै का जि महाराज होटल सुन्धारा बस्ने बर्ष ६० को जि रमेश भागदौडको क्रममा घाईते, निधारमा चोट,बोल्न सक्ने ।
- भारत घर भै का जि ईन्द्रचोक बस्ने बर्ष २८ को बासुदेव सामन्ती- बायाँ खुट्टामा चोट बोल्न सक्ने । भागदौडको क्रममा घाईते ।
- जि सर्लाही घर भै का जि स्वयम्भु बस्ने बर्ष १८ को अरुण कुमार ठाकुर, भागदौडको क्रममा दाहिने खुट्टा भाँचिएको,
- जि सुनसरी घर भै का जि क्षेत्रपाटी बस्ने बर्ष २९ को सागर राई – भागदौडको क्रममा दाहिने खुट्टा भाँचिएको, बोल्न सक्ने ।
- ल पु जि पाटन घर भै ताम्राकार कम्प्लेक्समा काम गर्ने क्रममा सामान खसी घाईते भै बर्ष ३३ को पुनम जोशी दाहिने खुट्टा भाँचिएको, बोल्न सक्ने ।
- जि महोत्तरी घर भै हाल का जि कोटेश्वर बस्ने बर्ष १६ की प्रमिला पाण्डे । आत्तिएर बेहोस, बोल्न सक्ने
- केन्द्रिय कारागार बस्ने बर्ष ३० को रञ्जित कुमार सिंह- दाहिने हात भाँचिएको, बोल्न सक्ने
- ऐ बस्ने बर्ष २५ को सुरज गुप्ता- कम्मरमा चोट, बोल्न सक्ने, भागदौडको क्रममा घाईते।
- जि सर्लाही घर भै हाल का जि भोटाहिटी बस्ने बर्ष २५ को मुकेश दास- भागदौडको क्रममा घाईते, कम्मरमा चोट बोल्न सक्ने ।
- जि भक्तपुर नलिञ्चोक बस्ने बर्ष ५८ को भरत देउजा भागदौडको क्रममा घाईते , दुवै खुट्टामा चोट, बोल्न सक्ने
- का जि छाउनी बस्ने बर्ष २७ की सुलोचना जोशी बाटो छेउको पर्खाल भत्कदा घाईते, खुट्टामा चोट, बोल्न सक्ने ।
- जि धादिङ घर भै हाल का जि ताहाचल बस्ने बर्ष २१ की शोभा थापा, आफै आत्तिएको, बोल्न सक्ने ।
- जि भक्तपुर बस्ने बर्ष २८ को गुप्त बहादुर के सी भागदौडको क्रममा घाईते,दाहिने खुट्टा भाँचिएको , बोल्न सक्ने ।
- जि काभ्रे घर भै हाल का जि जमल बस्ने बर्ष १९ की अनिता तामाङ आफै आत्तिएको, हाल बोल्न सक्ने ।
- जि काभ्रे घर भै हाल कालिमाटी बस्ने बर्ष ३२ की कौशिक सिग्देलको भागदौडको क्रममा कानको रिंग चोरी भएको ।
- जि धादिङ खाल्डे ४ घर भै हाल का जि थानकोट बस्ने बर्ष २४ को दिपक पौडेल, अबस्था हात र खुट्टामा सामान्य चोट ।
- जि भक्तपुर छालिङ २ बस्ने बर्ष ३७ की बिनिता मगराती- घर भत्किदा घाईते भएकी , अबस्था ढाड र टाउकोमा चोट, बोल्न सक्ने ।
- का.जि कामनपा ६ पिपलवोट स्थित ऐ घर भएको बर्ष २५ को तेन्जिङ लामा भुकम्प जाँदा आफ्नै घरको तेश्रो तल्लाको झ्यालबाट हाम फाल्दा घाईते भै तत्काल स्तुपा अस्पतालमा उपचार गराई थप उपचारको लागी अर्थोपेडिक अस्पाल जोरपाटी लगिएको, अबस्था दाहिने खुट्टा भाँचिएको, बोल्न सक्ने ,
- का.जि गोंगबु १ सामाखुसी स्थित जि बागलुङ जिल्ला घर भै ऐ बस्ने बर्ष ३१ को मिन बहादुर घले भुकम्प जाँदा आफु बस्ने घरको दुई तल्ला माथीको झ्यालबाट खसी घाईते भै तत्काल उपचारको लागी बि & बि अस्पताल ग्वार्को लागेकोमा थप उपचारको लागी ००:५० बजे अर्थोपेडिक अस्तपाल जोरपाटी लगिएको,अबस्था बायाँ भाँचिएको, छातिमा चोट ,
- का.म.न.पा ६ बौद्ध बस्ने बर्ष ३८ की लक्ष्मी अमात्य भुकम्प जादा भागदौड हुदा लडी घाईते भएकीले निजको श्रीमान रत्नबीर शाक्यले २१:०० बजे बि & बि ल्याइको अबस्था- दाहिने खुट्टामा चोट, बोल्न सक्ने
-
भ पु जि भनपा ११ बस्ने बर्ष ५५ को सुरेश देउला , अबस्था बायाँ हातमा चोट, बोल्न सक्ने, कामनपा ९ सिनामंगल बस्ने बर्ष ४६ को बद्रि कार्की दाहिने खुट्टा फ्याक्चर, बोल्न सक्ने ।
-
कामनपा १४ कलंकी बस्ने बर्ष १४ को मोहन के सी भुकम्प आएको समयमा भागदौड गर्दा लडी घाईते भएकोले उपचारको लागी १९:४५ बजे निजको आमाले पाटन अस्पताल ल्याएको, अबस्था दाहिने हात फ्याक्चर, बोल्न सक्ने
No comments:
Post a Comment