Aug 5, 2011

पुराना दिन सम्झाउने ठाँउ


रोल्पाको बडाचौंर गाविसमा रहेको बडाचौर जहाँ मैले माध्यामिक तहको पढाई पुरा गरेको थिए । ५४ देखि ५६ सालसम्म पढेको यो ठाँउमा ४६ सालसम्म जहाज वस्थ्यो । तर मैले पढ्न जादा एअरपोर्टको पुरानो घर मात्रै थियो । तर अहिले घरपनि भत्किसकेको छ । चौरपनि भत्किएर खुम्चीदै गएको छ । युद्धकालमा माओवादीले खनेको ट्रेन्चहरुका कारण चौर हेर्दा अहिलेपनि मानिसको ज्यानभरी घाँउ जस्तो देखिन्छ । यही हो जहाँ रोल्पामा लाग्ने मेला मध्यकै ठुलो मेला लाग्छ र बराह पुजा गरिन्छ । यो फोटो कुनै साथीले पेस बुकमा राख्नुभएको थियो । मैले त्यहीबाट तानेर राखेको हुँ । पुराना यादहरुलाई ताजाँ बनाउनको लागि । र यो संरक्षण योग्य ठाँउ पनि हो ।

No comments: