May 18, 2011

ईतिहासको साछी भविस्यको जग-राजा ज्ञानेन्द्रको वैशाख ११ २०६३ को सम्बोधन


प्यारा देशबासीहर
नेपाल अधिराज्यको राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता एवम् राजकीय सत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयंगम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावना एवम् आन्दोलनरत सात राजनीतिक दलको गठबन्धनको मार्गचित्रका आधारमा मुलुकमा जारी िहंसात्मक द्वन्द्वलगायत समग्र समस्याहरुको समाधान गर्न तत्कालीन प्रधानमन्त्रीको सिफारिशमा नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम

२०५९ साल जेठ ८ गते विघटन भएको प्रतिनिधि सभालाई यसै घोषणामार्फत पुनस्थापित गरिबक्सेका छौं । बहुदलीय प्रजातन्त्रको रक्षा स्थायी शान्ति राष्ट्रिय एकता एवम् समृद्धिको बाटोतर्फ मुलुकलाई अघि बढाउने जिम्मेवारी बहन गर्न हामी आन्दोलनरत सात राजनीतिक दलहरुलाई आह्वान गर्दछौं । पुनस्थापित प्रतिनिधि सभाको बैठक २०६३ साल बैशाख १५ गते शुक्रबार दिनको १ बजे संसद्भवन िसंहदरबारमा बस्ने गरी आह्वान गरिबक्सेका छौं । नेपाल र नेपालीको बृहत्तर हित यो संसद्बाट हुनेछ भन्ने हामीलाई विश्वास छ । जनआन्दोलनमा जीवन गुमाएकाप्रति समवेदना र घाइते एवम् आहत भएका सबैप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मुलुक दिगो शान्ति प्रगति पूर्ण प्रजातन्त्र र राष्ट्रिय एकतातर्फ अभिमुख हुने विश्वास प्रकट गर्दछौं ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन ।
जय नेपाल

No comments: