Mar 26, 2012

भगुने उकालो कटेपछि

सधै अरुको जिल्लामा मोटरबाटो पुगेको समाचार पढियो सुनियो ।  आफ्नो जिल्ला रोल्पाको पछिल्ला समय पाट्टफुट्टै मोटरबाटो पुगेको सुनियो । आज २०६८ चैत १३ गते गुम्चालमा मोटरबाटो पुगेको समाचारले बडो आनन्द आयो । समाचारको मूल्य कमै थियो होला तर मेरालागि अचम्मै आनन्ददायी थियो । यो आनन्द आउनुमा केही विस्मृतिमा लुकेका तिता र मिठा अनुभूति नै हुन् ।  परिस्थितिले गुम्चालमा मेरो बसाई छैन तर पुर्खाको चिनो छोडेको पनि छैन । अर्थात अझै त्यो भूमिसँग मेरो साईनो तोडिएको छैन ।
त्यसैले कहिलेकाही जाने गरेको छु तर पछिल्लो समय नगएको २ बर्ष पुगेछ । झण्डै एकहजार बर्षदेखि(सुनेअनुसार) मेरो पुस्ता बस्दै आएको गुम्चालसम्म सुलिचौर बजारदेखि मोटरवाटो जोडिएछ । यो बाटोको चर्चाको पनि खास अर्थ छ अर्थात मेरो गाँउमा मोटर पुग्यो भनेर मात्रै होईन । त्यसकारणले पनि समाचारभित्र म रमाईलो मनाईरहेको छु । मोटरबाटो पुगेका कारणले जति म रमाईलो मानिरहेको छु त्यसका पछाडी सबैभन्दा सम्झाउभित्र उर्लेर आएको छ, भगुने उकालो ।
त्यतिबेला गाँउमा अलिकति हिडेपछी ‘थाकें’ भनेर कसैलाई सुनायो भने बुढापाकाले नपत्याएर ठादै भन्थे,‘भगुनेकै उकालो हिडेछन् ।’ अर्थात त्यो उकालो नहिड्दासम्म मान्छे थाक्दैन भन्ने भनाई प्रचलित थियो । त्यो भगुने उकालो थकाईको प्रयायबाची बनेको थियो । बुढापाकाको यो भनाई सुनेपनि उकालो देख्न पाएको थिएन । सानैमा भगुने उकालोको गाँथा सुनेको त्यो उहाँलो हुर्न बडो रहर थियो । गाँउमा ८ कक्षाको पढाई सकेपछि भने खिस्सा सुनेको भगुने उकालै चढ्नुपर्ने बाध्यता आयो ।  हिजोको हेर्ने रहर अब हिड्न पर्ने बाध्यतामा परिणत भयो । कम्तिमा पनि एसएलसि नगर्दासम्म अर्थात २ बर्ष पुरै भगुने उकालो चढ्नुपर्ने र झर्नुपर्ने भयो ।  उकालो काटेपछि स्कुल ओरालो झरेपछी बस्ने बासस्थान । अहिले जहाबाट मोटर छुट्ने भयो त्यैबाट मेरो पाईला त्यहिबाट छुट्थ्यो अनि भगुने उकालो कटेपछि स्कूलमा मेरो यात्रा रोकिन्थ्यो फेरी फर्कियो । स्कुल थियो बडाचौंरमा ।
२०४६ सालसम्म हवाईजहाज चल्ने त्यो मैदान पञ्चायत गएसँगै जहाँजपनि गयो, कहिल्लै फर्किएन । त्यै मैदानको छेउमा स्कुल । उकालो चढेर स्कूल जानु दैनिक नै भयो । उकालोको के महिमा गाँउनु र । एक जना बुढा सर थिए । उनीपनि सुलिचौरबाटै उकालो चढ्थे । बुढेसकालमा त्यो उकालो चढ्न कम्ता मुस्किल थिएन । त्यै पनि त्यो सरले हिड्ने आँट गरिरहे । अब उकालो हिड्न सुरु हुन्थ्यो तब एक भाग पनि हिडि नभ्याउदै ति बुढा सरको पछाडी पट्टि पाईन्ट भिजिसिकेको हुन्थ्यो, पसिनाले । श्रद्धा गरेर अगाडी हिडाएको सरको हालत हेरेपछि हामी खित्का छोडेर हास्थ्थौं, आफ्नो दाँतबाट पसिना निस्केको विर्सेर । कुनै ठाँउमा त कस्तो थियो भने चारपाईला उकालो वा ओरालो हिडेपछि पछाडिको साथी ओझेलमा परिसक्थ्यो । त्यस्तै भएर होला हाम्रा केटी साथीहरुले केटाहरुको नामै लिएर अश्लिल श्लील कुरा ट्वाक्कै सुनिन्थ्यो तर मान्छे देखिदैन थियो ।
केटी साथीहरुले कोही छैन भन्दै कुरा गर्र्ने तर अघि पछि चारपाँच पाईला पछाडीका मान्छेले गुनगुन गरेको कुरा सुनिहाल्थे । त्यसो त केटीसाथीले पनि सुनेहोलान । फ्रक लाएका केटी साथीहरु उकालो चढ्दा केटाको अगाडी हिड्न मान्दैन थिए ओरालो झर्दा पछाडि हिड्न मान्दैन थिए । चैतबैशाखको हावाहुरीमा त चेलीहरुको कम्ति विजोग हुँदैन थियो । सर्लक्कै उडाउने, बढो होस गरेर हिड्नुपर्ने । यसो मनपरेको साथीसँग सँगै हिड्न खोज्यो भनेपनि कुरा भन्दा उसलाई कपडा सम्हाल्दै हैरान हुन्थ्यो । उकालो चढ्दा चिप्लएर दुईहात बाँया ओरालो झर्दा दायाँ पुगे रौं नभेटिने गरेर लुंग्री खोलामा पुगिन्थ्यो । तर पनि ज्यान खली भईसकेको थियो ।
स्कुल जाँदा बाँदर हिड्ने भिरमा अमला खाँदै उर्फने बानी लागेछ । बीचमा पानी थिएन । त्यसैले त्यो उकाँलो चढ्दा होस वा ओरालो झर्दा सबै परिकल्पना गथ्र्थे मोटर भएको भएत क्या गजब हुन्थ्यो होला एकै छिनमा पुगिन्थो होला । तर त्यो कहिलै भएन । सम्झँदा लाग्यो तारानाथ शर्मा रोल्पा पुगेको भए ‘घनघस्याको उकालो’ होईन ‘भगुनेको उकालो’को कथा बुन्नुहुन्थ्यो होला । तर १२ बर्ष अघि हामीले गरेको कल्पना आज पुरा भएछ । फेरीदै छ रोल्पा पनि । तर, धेरै कुरा फरक भएछ । अब स्कुल त्यो बडाचौर छैन । तल बेशीमा झारिएको छ । पछाडीबाट पसिना चुहाउदै उकालो चढ्ने सरपनि वितिसक्नुभयो । म पनि अब त्यो ठाँउमा छैन । तर त्यतिबेला देखेको सपनाको मोटरवाटो चाही पुरा भएछ ।

No comments: