Jan 4, 2012

१० हजार रुपैया सापट नपाएर माओवादी उपाध्यक्ष मोहन बैद्यलाई टेनसन

यतिबेला माओवादीभित्र 'हुनेलाई खातैखात नहुनेलाई पुर्पुरोमा हात' छ भनेर टिप्पणी हुने गरेको छ ।  माओवादीका नेताले कति कमाए ? के गरे ? भन्ने निकै चासोको विषय पनि हुन्छ । अनि टिठलाग्दो बसाईको चर्चा पनि उस्तै छ । बैद्य पक्षका पोलिटब्युरो सदस्य नारायण शर्मा पौडेलको बसाई होस वा नेत्र विक्रम चन्दको बसाई, धेरैले 'त्यस्ता नेता भएरपनि यस्ता बसाई' भनेर पार्टीभित्रै खिसिटुयुरी हुन्छ ।
 किरण पक्षका सबैलाई त होईन केहीलाई चाही पैसाको चर्कै समस्या पर्ने गरेको छ ।
कहिलेकाहि यस्तो अवस्था देखिन्छ, मोहन बैद्य किरण आफै कार्यकर्तासँग ऋण मागेर हिडेका दिन सम्झदा अहिले आफ्नै कार्यकर्ता रमाईलो मान्ने गर्छन । कुरो पुरानै भएपनि रमाईलो छ । प्रसंग २०६७ भदौंको मध्य तिर हो । गोरखामा पालुङटार विस्तारित बैठकको तयारीका लागि केन्द्रीय समिति बैठक बसिरहेको थियो । बैद्यलाई के को लागि हो कुन्नि पैसाको खाँचो परेछ । त्यस बेला पार्टीका उपल्लो तहका नेतालाई आवश्यकता अनुसार पार्टीकै कोषबाट रकम जान्थ्यो तर बैद्यलाई नपुगेर हैरान भएछ । उनी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा ऋण खोज्न थाले । उपाध्यक्ष बैद्यले  कार्यालय कर्मचारी कृष्ण सापकोटा 'दिप'सँग १० हजार रुपैया ऋण मागे ।
 उपाध्यक्षसँग नै खर्च गर्ने रकम छैन भने कार्यालयका कर्मचारीसँग पनि १० हजार रकम हुन मुस्किलै हुन्छ । सापकोटले पनि आफ्ना बरिष्ठ अध्यक्षलाई छैन भनेर जवाफ फर्काए । पैसाको अभावले पिरमा परेका बैद्य त्यसपछि झनै निन्याउँरो भएर केन्द्रीय कार्यालय वरीपरि टहलिए । अध्यक्ष प्रचण्ड पक्ष वा उपाध्यक्ष मोहन बैद्य किरण पक्ष भनेर किट्टाकाट सुरु भईसकेको थियो ।
नजिकै जनसेनाका कमाण्डर कालिबहादुर खाम विविधले यि सबै नियालेका रहेछन् । उनले टिप्पणी गरेछन्'म खान बसे भने एकैरातमा १३ हजार रुपैयाको बिल आउछ विचरा हाम्रा उपाध्यक्ष १० हजार सपटी माग्दै हिड्छन् । यिनले क्रान्ति नगरे कसले गरोस त ।' यो आपसि हासोको विषय पनि भयो । किन भने बैद्यले जनविद्रोह गर्नुपर्छ भनेर भन्दै आएका छन् । 2068-9-20 poush

No comments: