Apr 15, 2013

साझा बसमा, नीजि बसका साहुको सुराकी !


२०६९ चैत ३१ गते ललितपुरकोमा साझा यातायात बसको उद्घाटन गर्दै मुख्य सचिव लिलामणी पौडेलले नीजि क्षेत्रबाट संचालित बसहरुले यात्रुमाथी गर्ने ब्यवहार र आचरणको कटु आलोचना गरे । उनले नीजि क्षेत्रबाट संचालित यातायातमा सार्वजनिक आचरण नै नभएको बताए । त्यसको उदारण दिदै भने,‘आज सार्वजनिक यातायातको उद्घाटन समारोहमा  आउँदा सार्वजनिक यातायात चढेरै आउनु ठिक हुन्छ भनेर रत्नपार्क गएर गाडी चढेर आएँ । पहिलो चोटी ३ वटा क्यू मा थियो, एउटामा १८ जना थिए, थप कुरिरहेको थियो, दोश्रोमा १५ जना थिए अझै कुरिरहेको थियो, म भीडमा किन जाने भनेर तेश्रोमा गएर बसेँ, पहिलोको सहचालकले यो त १ घण्टा पछि जाने हो भनेर झुटो बोले । अरु यात्रुहरु पनि तेश्रोतिरै लम्किए, सहचालकले लात्ति हान्न खोजे, आफनोमा चढेन भनेर ।’ यसबाट उनको दिकदारी मात्रै होईन लाचारी पनि प्रष्टै झल्किन्थयो ।

सार्वजनिक यातायातका मजदुरको ब्यबहार  साच्चै दिकदार हुन्छ । पैसा भन्दा पनि तिनको बोलि ब्यवहार महंगो । यसै विषयमा रिपोर्ट बनाउने योजनामा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव डोलनाथ खनाललाई भेट्न पुग्ने । औपचारिक कुराकानीमा जति चिमोट्दा पनि गुमाउरो पाराले मात्रै गल्ति स्वीकार गरे । मैले रेकर्डर अफ गरेर बिदाबारी हुदाँ चाही अचम्मै गरेर । उनी आफ्ना कर्मचारीहरु प्रति कति दिक्दार रहेछन् भनेर छिनभरमै पोखेर विदा भए । म ट्वा ! 
साझा बसको चर्कै चर्चा भएपछि उनीहरु साझा बसको चियो चर्चो गर्न पुगेका रहेछन् । अर्यालले भने,‘हामी साझा वसमा हेर्न गयौ । आधा घण्टा हेर्दा आहा ! कति सालीन कति सभ्य कर्मचारी । ग¥यो भने त हुने रै छ    त ।’ उनी दिक्दार फोक्दै थिए,‘हाम्रा त झर्केका छन्, यता झिङरिङग उता झिङरिङग, पैसा माग्दा पनि च्यात्थेको छ झर्केको छ, राम्रोसँग बोल्दा के हुन्छ ? पैसा लाग्ने होईन, केही गरि नसुध्रिने भए ।’ अर्यालले भन्नपनि भ्याए,‘लौ न यिनीहरुलाई सुधार्न तपाईहरुले (मिडियाले) पनि सुधार्न सहयोग गर्नु प¥यो ।’

आफ्नै कर्मचारीको ब्यवहारले हैरान नीजि यातायातका मालिकहरुले ६ महिना अघि आचरण सुधार्न सर्कुलेशन जारी गरेको थियो । कै त्यो चाही कता पुग्यो कुन्नी ?

Feb 8, 2013

एकिकृत नेकपा माओवादीको केन्द्रीय समितिको नामावली

एकीकृत नेकपा माओवादीको सातौं महाधिवेशनबाट ९८ जनालाई केन्द्रीय समितिमा चयन गरिएको            छ ।  महाधिवेशनले प्रचण्डको अध्यक्षतामा १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ ।
 महाधिवेशनमा गठित कुलानन्द गिरि नेतृत्वको ७ सदस्यीय निर्वाचन आयोगले केन्द्रीय समिति, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा परीक्षण आयोगको निर्वाचन सर्वसम्मतीले सम्पन्न गरेको छ ।

क) केन्द्रीय समिति(१५१ सदस्यमध्ये ९९ जनानिर्वाचित, ५२ जना पछि थपिनेछ)

 १)अध्यक्ष— पुष्पकमलदाहाल ‘प्रचण्ड’

२) उपाध्यक्ष—बाबुराम भट्टराई ‘लालध्वज’

३) उपाध्यक्ष —नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

४) महासचिव —पोष्टबहादुर बोगटी ‘दिवाकर’

५) अमीक शेरचन ‘एकलव्य’

६) कृष्णबहादुर महरा ‘अमरसिंह’

७) टोपबहादुर रायमाझी ‘अनिल’

Jan 2, 2013

नयाँ प्रधानमन्त्री बनाउने ‘नयाँ कसरत’ यसरी चल्दैछ ।


२०६९ पुष १७ गते बेलुकी सवा नौबजेतिर एकजना एकिकृत नेकपा माओवादी नेताको एस एमएस आयो । लेखिएको थियो ,‘स्वतन्त्र ब्यक्ति ज्ञानेन्द्र शाह हुन सक्छ, के उसैलाई प्रधानमन्त्री बनाउने?’ विदाको बसेको म पुरै ‘ब्ल्याङक’ थिए । त्यो तहका व्यक्तिको एसएमएस पक्कै केही भएर यसरी आयो भन्ने संका लाग्यो । तर, गतिविधि के भईरहेको थियो मैले बुझ्न सकिन । दलहरुबीच सहमति नभएपछि केहीसमय पहिले स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउने हल्ला चलेपनि मथ्यर भएको थियो । तर, भित्रभित्र खिचडी पाकेको रहेछ ।
१८ गते कार्यालय पुगे । राजनीतिक बजारमा हल्लाखल्ला त्यति धेरै थिएन तर कोठाहरुमा वासना फैलीसकेको रहेछ भन्ने बल्ल थाहा पाईयो । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले एमाले नेता माधव कुमार नेपाललाई टटस्थ व्यक्तिलाई प्रधानमन्त्री बनाउँ भनेर प्रस्ताव   गरे । तर, त्यो  त्यक्तिकै गरेका रहेनछन् भने बेलुकीसम्म आउँदा प्रष्ट भयो ।

Oct 31, 2012

लोकल जति स्यालले लग्छ, बोईलर कुखुराको सत्यानाश !

लोकल भाले

मकै बारी हुर्कियो भने हुर्केका भाले जोगाउनै मुस्किल हुन्थ्यो । कुनामा लुकेर स्यालले कतिबेला चप्काउने हो टुंगो हुँदैन थियो । तर, स्यालको पालो त्यतिबेला आउथ्यो जतिबेला घरमा कोही हुँदैन थिए । हल्ला खल्ला गर्दै घरमा बसियो भने स्याल आउदैन थियो ।
चल्लादेखि भालेपनि ढुक्कसँग चर्न जान्थे । त्यसो त कहिलेकाकाही पछाडी पट्टिबाट भाले उछिट्याएको पत्तै हुदैन थियो ।
 जे भएपनि स्यालले कुखुरो खाईदेला भन्ने सधै चिन्ता हुन्थ्यो । त्यसैले भाले भेडो(थुमा)को सिंङलाई ‘टाटु’ बनाएर फुक्दै वसिन्थ्यो । टुउ.उउउ.. टुउउउउ थुमाको सिंङ फुक्दै कुखुराको ग्वालो बसिन्थ्यो ।

Oct 16, 2012

नेकपा—माओवादी र युवा सँगठन राष्ट्रिय युवा जनस्वयम्सेवक

एकिकृत माओवादीबाट अलग भएपछि नेकपा—माओवादीलाई धेरैले युद्ध गर्नसक्ने आसंका र कोणबाट हेर्ने गर्दछन् । एकिकृत माओवादीबाट अलग देखाउनु र जनयुद्धका मुद्धाहरुलाई अगाडी बढाउनु अहिलेको सबैभन्दा ठूलो चुनौति पनि हो, नेकपा—माओवादीको । यसैबीचमा युवा संगठन राष्ट्रिय युवा जनस्वयम्सेवक को पहिलो राष्ट्रिय सम्मेलन सकेर नयाँ नेतृत्व पनि चयन गरेको छ । उदयबहादुर चलाउने तत्कालीन जनमुक्ति सेनाका डिभिजन सहयक कमाण्डर पनि हुन् । उनैको नेतृत्वमा राष्ट्रिय युवा जनस्वयम्सेवक गठन गरिएको छ । र, सैन्य संरचनाजस्तो लाग्ने कमाण्ड गठन पनि गरेको छ । 
 यद्धपी कमाण्ड गठन सैन्य संरचना नभई शान्ति पूर्ण संघर्षका लागि भनेको छ । २०६९।६।२४—२६ गतेसम्म भएको सम्मेलनले चयन गरेको पदाधिकारी र निर्णयहरु हेर्नुहोस .......

Oct 13, 2012

रोल्पामा प्रचलित लोकभाका खोज्दै हिड्दा

२०६७ साल फागुनमा आफ्नै गृहजिल्लाको थवाङ जाने साईत जु¥यो । आफ्नै जिल्ला भएपनि अन्तराष्ट्रिय चासोको त्यो ठाँउमा जाने अवसर मिलेको थिएन । एक हप्ताको योजना बनाएर   हिडियों । खास उदेश्य थवाङमा माओवादीले मनाउन लागेको जनयुद्ध दिवसको रिपोर्टिङ थियो । तर, जिल्ला जाने भनेपछि ८-१० वटा रिपोर्ट कसो नआँउला भन्ने मनमा थियो । त्यसैले अफिसियली नै हिडियो माग २८ गते ।
यो यात्राका अन्य पाटाका विषय र अविस्मरणीय क्षण छदैछन् ।......

Sep 5, 2012

नेकपा -माओवादीले के गर्ला अब ?

मुलुक यतिखेर गम्भीर राष्ट्रिय सङ्कटबाट गुज्रिरहेको छ । संविधानसभा/व्यवस्थापिका–संसद भङ्ग गरिएको छ । सरकार कामचलाउमा परिणत भएको छ ।