Oct 16, 2012

नेकपा—माओवादी र युवा सँगठन राष्ट्रिय युवा जनस्वयम्सेवक

एकिकृत माओवादीबाट अलग भएपछि नेकपा—माओवादीलाई धेरैले युद्ध गर्नसक्ने आसंका र कोणबाट हेर्ने गर्दछन् । एकिकृत माओवादीबाट अलग देखाउनु र जनयुद्धका मुद्धाहरुलाई अगाडी बढाउनु अहिलेको सबैभन्दा ठूलो चुनौति पनि हो, नेकपा—माओवादीको । यसैबीचमा युवा संगठन राष्ट्रिय युवा जनस्वयम्सेवक को पहिलो राष्ट्रिय सम्मेलन सकेर नयाँ नेतृत्व पनि चयन गरेको छ । उदयबहादुर चलाउने तत्कालीन जनमुक्ति सेनाका डिभिजन सहयक कमाण्डर पनि हुन् । उनैको नेतृत्वमा राष्ट्रिय युवा जनस्वयम्सेवक गठन गरिएको छ । र, सैन्य संरचनाजस्तो लाग्ने कमाण्ड गठन पनि गरेको छ । 
 यद्धपी कमाण्ड गठन सैन्य संरचना नभई शान्ति पूर्ण संघर्षका लागि भनेको छ । २०६९।६।२४—२६ गतेसम्म भएको सम्मेलनले चयन गरेको पदाधिकारी र निर्णयहरु हेर्नुहोस .......
                                                                      प्रेस वक्तव्य
                                                                                                                        मिति ः २०६९ असोज २८

१.    यही असोज २४–२६ मा हाम्रो संगठन राष्ट्रिय युवा जनस्वयम्सेवकको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंमा भव्यतापूर्वक सम्पन्न भयो । देशभरिकै सम्पूर्ण जिल्लाहरुबाट सहभागी ६२२ जना प्रतिनिधि÷पर्यवेक्षक एवम् नेवा र ताम्सालिङ् राज्यअन्तर्गतका युवाहरु तथा जनसमुदायको शानदार उपस्थितिमा काठमाडौंको बसन्तपुरमा उद्घाटन समारोह सम्पन्न भयो । हाम्रो पार्टी नेकपा–माओवादीका अध्यक्ष कमरेड मोहन वैद्य ‘किरण’ द्वारा सम्मेलनको उद्घाटन गरियो । उद्घाटन समारोहमा सामना सांस्कृतिक परिवारद्वारा विविध सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरियो । उद्घाटन समारोहको सञ्चालन आयोजक समितिका सदस्य उदय ब. चलाउने ‘दिपक’ तथा अध्यक्षता संगठनका इञ्चार्ज नेत्रबिक्रम चन्द ‘विप्लव’ ले गर्नुभयो । पार्टी केन्द्रीय समिति सल्लाहकार परिषद्का अध्यक्ष कमरेड कृष्णदास श्रेष्ठ, केन्द्रीय सचिव क. देवप्रसाद गुरुङ लगायत पार्टीका पि.बि.एम, सि.सि.एम, सल्लाहकार, विभिन्न ज.ब.स. मोर्चाका प्रतिनिधिहरु एवम् केही सहकर्मी युवा संगठनका प्रतिनिधिहरुको आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा विभिन्न प्रतिनिधिहरले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
२. २५ र २६ किर्तिपुर स्थित स्मृतिहलमा बन्दशत्र सुरु भयो । बन्दशत्रमा क. विप्लवद्वारा प्रतिवेदन प्रस्तुत गरियो तथा क. उदय चलाउनेद्वारा विधान प्रस्तुत गरियो । १३ वटा राज्य समितिहरु र कार्यालय समेत गरी १४ वटा समूहमा विभाजन भई गरिएको छलफल, त्यस उपर दिइएका सुझाव र टिप्पणीहरु बारे स्पष्टिकरण क. विप्लवले दिनुभयो । आवश्यक परिमार्जनसहित विधान र प्रतिवेदनलाई तालिको गड्गडाहटसहित एक मतका साथ पास गरियो । बन्दशत्रका क्रममा उपस्थित पार्टी केन्द्रीय समितिका महासचिव क. रामबहादुर थापा ‘बादल’ले प्रशिक्षण दिनुभयो । सम्मेलनद्वारा पारित प्रतिवेदनमा युवा आन्दोलनको भावीदिशालाई निम्न बुँदाहरुमा संकेन्द्रित गरियो ।
क) राष्ट्रिय स्वाधिनता
ख) राज्य प्रणालीको रुपान्तरण
ग) सामाजिक विकृतिको नियन्त्रण, विशेषतः भ्रष्टाचार, कालाबजारी, तस्करी ।
घ) युवा अधिकारको प्रत्याभूति, मूलतः बेरोजगारीको अन्त्यको लागि संघर्ष ।
ङ) विचारधाराको रक्षा
३. युवा जनस्वयम्सेवकको प्रथम राष्ट्रिय सम्मेलनले ९५ सदस्यीय केन्द्रीय समिति निर्वाचन गरे पश्चात समितिको प्रथम वैठक बसी क. उदय बहादुर चलाउनेलाई अध्यक्ष क. युवराज आचार्य र क. सावित्रा दुरालाई उपाध्यक्ष नेप बहादुर चौधरीलाई महासचिव क. प्रकाश खनाल र विष्णु महर्जनलाई सचिव र क. सुरेन्द्र जगेबुलाई कोषाध्यक्षमा निर्वाचित ग¥यो । हलमा पदाधिकारीको घोषणा पश्चात सामनाको भब्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरियो र प्रथम राष्ट्रिय सम्मेलनको समापन गरियो
४. आगामी कार्यक्रम ः
(क) विचारधारात्मक कार्यक्रम ः दक्षिणपन्थी आत्मसमर्पणवाद विरुद्ध क्रान्तिकारी आन्दोलनको प्रचार तथा राजनीतिक प्रशिक्षण सञ्चालन, केन्द्रीय मुखपत्र ‘जनस्वयम्सेवक’ त्रैमासिक रुपमा प्रकाशन गर्ने ।

(ख) संघर्षसम्बन्धी
(१) सामाजिक विकृति मूलतः भ्रष्टाचार र राष्ट्रघातका विरुद्ध व्यापक रािष्ट्रय अभियान सञ्चालन गर्ने । जसअनुसार निम्न स्थान र मितिमा विरोध सभाहरु गर्ने
   कार्तिक १६ गते अपर कर्णाली
   कार्तिक १७ गते कोशी उच्चबाँध
   कार्तिक १८ गते अरुण तेस्रो
   मंसिर ५ गते नेपाल वायुसेवा निगम, काठमाडौं
    मंसिर ६ गते भृकुटी कागज कारखाना, नवलपरासी गैडाकोट
   मंसिर ७ गते विराटनगर जुटमिल
   मंसिर ८ गते हेटौडा कपडा उद्योग मकवानपुर
   मंसिर ९ गते बर्दियामा सामन्ती भूस्वामित्वका विरुद्ध सभा गर्ने
   मंसिर १४ गते पोखरा विमानस्थल निर्माणको क्रममा भएको भ्रष्टाचार विरुद्ध प्रदर्शन ।
   मंसिर १५ गते जनकपुर चुरोट कारखानामा भएको भ्रष्टाचार विरुद्धको प्रदर्शन ।
(२) भारतीय नम्बर प्लेटका गाडीको गैरकानुनी र स्वेच्छाचारी आवत–जावत बन्द गर्ने ।
(३) युवा अधिकारको प्रत्याभूतिका लागि एकल तथा संयुक्त संघर्षहरु सञ्चालन गर्ने । मुख्यतः रोजगारीको अधिकार सुनिश्चित गर्न संघर्ष गर्ने ।
(४) संयुक्त राष्ट्रसंघीय मिसन अनमीनद्वारा अयोग्य बनाइएका पूर्व जनमुक्ति सेनाका ‘बहिर्गमित’ योद्धाहरुको व्यवस्थापनका लागि तत्कालीन जनमुक्ति सेनाका डिभिजनहरुले दिने भनिइएको जनही एक लाख रकम तथा सरकारद्वारा प्रदान गर्ने भनिएको राहत उपलब्ध गराउन संघर्ष गर्ने ।
(ग) संगठनमा भएका निर्णयहरु ः
ष्।    अध्यक्ष, उपाध्यक्षहरु, महासचिव, सचिवहरु र कोषाध्यक्ष सहित पदम केसी र कृष्णराज वि.क. रहेको केन्द्रीय कार्यालयको गठन गरियो । कमाण्ड विभाजन निम्नअनुसार गरियो – पुर्वाञ्चल कमाण्ड ः सुरेन्द्र जगेबु र देवकुमार मादेन, मधेश कमाण्ड ः पदम केसी, मध्य कमाण्ड ः प्रकाश खनाल र विष्णु महर्जन, पश्चिम कमाण्ड ः सावित्राकुमारी दुरा, सुदुरपश्चिम कमाण्ड ः कृष्णराज विश्वकर्मा, खड्गराज सेजुवाल र प्रेमप्रकाश ओली रहनुभएको छ ।
५. सम्मेलनको आय रु.१४,३८,४००।– तथा कुल व्यय रु. १३,२४,६९०।– रहेको छ । १,१३,७१०।– रकम बचत रहेको छ ।
हाम्रो सम्मेलनको यो अवसरमा विभिन्न क्षेत्रहरुबाट महत्वपूर्ण सहयोग प्रदान भएको छ । हाम्रा सहयोगी, शुभचिन्तक, व्यापारी, बुद्धिजीवी, पत्रकार सम्पूर्णप्रति सम्मलेन हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछ । धन्यवाद ।
क्रान्तिकारी अभिवादनसहित ।
       ....................
  उदयबहादुर चलाउने
           (अध्यक्ष)
राष्ट्रिय युवा जनस्वयम्सेवक
       केन्द्रीय समिति

No comments: