Apr 15, 2013

साझा बसमा, नीजि बसका साहुको सुराकी !


२०६९ चैत ३१ गते ललितपुरकोमा साझा यातायात बसको उद्घाटन गर्दै मुख्य सचिव लिलामणी पौडेलले नीजि क्षेत्रबाट संचालित बसहरुले यात्रुमाथी गर्ने ब्यवहार र आचरणको कटु आलोचना गरे । उनले नीजि क्षेत्रबाट संचालित यातायातमा सार्वजनिक आचरण नै नभएको बताए । त्यसको उदारण दिदै भने,‘आज सार्वजनिक यातायातको उद्घाटन समारोहमा  आउँदा सार्वजनिक यातायात चढेरै आउनु ठिक हुन्छ भनेर रत्नपार्क गएर गाडी चढेर आएँ । पहिलो चोटी ३ वटा क्यू मा थियो, एउटामा १८ जना थिए, थप कुरिरहेको थियो, दोश्रोमा १५ जना थिए अझै कुरिरहेको थियो, म भीडमा किन जाने भनेर तेश्रोमा गएर बसेँ, पहिलोको सहचालकले यो त १ घण्टा पछि जाने हो भनेर झुटो बोले । अरु यात्रुहरु पनि तेश्रोतिरै लम्किए, सहचालकले लात्ति हान्न खोजे, आफनोमा चढेन भनेर ।’ यसबाट उनको दिकदारी मात्रै होईन लाचारी पनि प्रष्टै झल्किन्थयो ।

सार्वजनिक यातायातका मजदुरको ब्यबहार  साच्चै दिकदार हुन्छ । पैसा भन्दा पनि तिनको बोलि ब्यवहार महंगो । यसै विषयमा रिपोर्ट बनाउने योजनामा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव डोलनाथ खनाललाई भेट्न पुग्ने । औपचारिक कुराकानीमा जति चिमोट्दा पनि गुमाउरो पाराले मात्रै गल्ति स्वीकार गरे । मैले रेकर्डर अफ गरेर बिदाबारी हुदाँ चाही अचम्मै गरेर । उनी आफ्ना कर्मचारीहरु प्रति कति दिक्दार रहेछन् भनेर छिनभरमै पोखेर विदा भए । म ट्वा ! 
साझा बसको चर्कै चर्चा भएपछि उनीहरु साझा बसको चियो चर्चो गर्न पुगेका रहेछन् । अर्यालले भने,‘हामी साझा वसमा हेर्न गयौ । आधा घण्टा हेर्दा आहा ! कति सालीन कति सभ्य कर्मचारी । ग¥यो भने त हुने रै छ    त ।’ उनी दिक्दार फोक्दै थिए,‘हाम्रा त झर्केका छन्, यता झिङरिङग उता झिङरिङग, पैसा माग्दा पनि च्यात्थेको छ झर्केको छ, राम्रोसँग बोल्दा के हुन्छ ? पैसा लाग्ने होईन, केही गरि नसुध्रिने भए ।’ अर्यालले भन्नपनि भ्याए,‘लौ न यिनीहरुलाई सुधार्न तपाईहरुले (मिडियाले) पनि सुधार्न सहयोग गर्नु प¥यो ।’

आफ्नै कर्मचारीको ब्यवहारले हैरान नीजि यातायातका मालिकहरुले ६ महिना अघि आचरण सुधार्न सर्कुलेशन जारी गरेको थियो । कै त्यो चाही कता पुग्यो कुन्नी ?

No comments: