Jan 2, 2012

बाहिर आएर अध्यक्ष प्रचण्डलाई म्यासेज पठाएछन्,'अध्यक्ष ज्यू तेह्र दिन चाही म किरिया गर्न गाको हो र ?'


बाबुराम भट्टराई नेतृत्वमा माओवादीका तर्फबाट मन्त्री पठाउने तयारी सुरु भयो । तर मन्त्री पठाउने बेला रुकुमबाट मन्त्री बनाउदाँ भने गज्जबको घटना भएछ । रुकुमबाट कसलाई मन्त्री बनाउने त ?  माओवादी अध्यक्ष प्रचण्डलाई फसाँद पर् यो । मन्त्री बन्ने आकांक्षी जनार्दन शर्मा, लोकेन्द्र विष्टसंगसंगै गणेशमान पुन अनि कमला रोका पनि । कालीबहादुर खाम आरोप लागेकाले मन्त्रीको लाईनमा नरहने भए ।
अध्यक्ष प्रचण्डले बारम्बार छलफल गर्दा पनि सबैले जबाफ दिए,'जसलाई बनाएपनि हुन्छ।' तर, भित्र अध्यक्ष र साथीहरुबीच बोल्न नसक्ने अनि मन्त्री हुने चाही ईच्छा ।
त्यसैले छलफलबाट बाहिर निस्केपछि अध्यक्ष प्रचण्डसँग सबैले आफ्नो लबिङ सुरु गर्थे । फोन गरेर वा म्यासेज गरेर । अध्यक्ष प्रचण्ड हैरान भए । रुकुमका सभासद, केन्द्रीय सदस्यसँग छलफल गर्दा उपाय नलागेपछि सपथको दिन विहान केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यलाई अध्यक्ष प्रचण्डले बोलाएछन् । पोलिटब्युरो सदस्य जनार्दन शर्मा लोकेन्द्र विष्ट, केन्द्रीय सदस्य कालीबहादुर खाम, गणेशमान पुन, कमला रोक्का विहान अध्यक्ष प्रचण्डको निवास पुगे । त्यसदिन पनि सबैको पारा त्यस्तै ।
कोही मुख खोल्दैनन् तर मन्त्री हुन सबैलाई रहर छ । अन्तिममा कालीबहादुर खामले मुख खोले,'ल अब कोही नबोल्न अवस्था भयो अरु त भईसकेका छन् , बाँकी गणेशमान जी हो तर यसपटक गणेशमान पनि हुँदैन, महिला पनि हो कमला जी मन्त्री हुनुहुन्छ ।, अध्यक्ष प्रचण्ड मुसुक्क हासेछन् । अरुले पनि मुन्टो त हल्लाए तर प्रतिवाद गरेनन् । सबै बाहिरिए । कमला रोक्का मन्त्री हुने लगभग पक्का भयो ।  अरु मुखमा हासो देखिएपनि मन अमिलो मान्दै निस्किए । झलनाथ खनालका पालामा स्वास्थ्यमन्त्री भएका लोकेन्द्र विष्टलाई लाई चाही बढी चोट परेछ । उनले १३ दिनमात्रै मन्त्री हुँदा पनि राम्रै चर्चा कमाएका थिए / त्यसैले उनलाई निरन्तरता दिनुपर्छ भन्ने आवाज थियो । उनको चाहना यसपटक पनि मन्त्री हुनुपर्छ भन्ने थियो ।
बास्तवमा कमला रोक्का महिला भनेर मन्त्री बनाइएको थिएन । रुकुमका नेताबीचको मनभित्र लुकको चाहना तर बाहिर नआउँदा रोकाको मन्त्री बन्ने ढोका खुलेको थियो । लोकेन्द्र विष्टको चाही पारा चढेछ । उनलाई अध्यक्षले कुरो बुझ्छनकी भन्ने पनि थियो होला तर मौका फुत्क्यो । अघिल्लो पटक जनार्दन शर्मा मन्त्री हुँदा पनि खरो तर सोझो मानिएका विष्टलाई शर्माले झुक्काएको कुरा बजारमा अहिले पनि हल्ला छ । यसपटक पनि आफूलाई अपमान गरेको अनुभव गरेछन् विष्टले ।
त्यसपछि उनले बाहिर आएर अध्यक्ष प्रचण्डलाई म्यासेज पठाएछन्,'अध्यक्ष ज्यू तेह्र दिन चाही म किरिया गर्न गाको हो र ?'झलनाथ खनालमा १३ दिनमात्रै मन्त्री भएको रिस पोखेछन् विष्टले । कमला रोका खेलकुद मन्त्री भईन, उनलाई फर्काउन मिलेन तर त्यै पिडा बुझेर लोकेन्द्र विष्टलाई पछिल्लो लटमा मन्त्री बनाईयो । 2068-9-18 poush

No comments: