Dec 31, 2011

विज्ञ समुह गठनका लागि संविधान संसोधनमा मत हालिसकेको माओवादी बैद्य पक्षले एकाएक कसरी बिच्कियो ? भित्रि कथा हेर्नुस


राज्य पुनस्रंरचनाका लागि सुझाव दिन विशेषज्ञ सहितको समिति संविधानसभाबाटै बनाउने तयारी थियो । संविधान संसोधन गरेर बनाईने समितिको क्षेत्राधिकारबारे माओवादीको मोहन बैद्य र संस्थापन पक्षबीच विवाद थियो । दलहरुबीच भएको सात बुँदे सहमति अनुसार पनि राज्य पुनस्रंरचना समिति गठन गर्ने थियो । त्यसका लागि संविधान संसोधन गरेर विज्ञ टोली सम्मिलित समिति बनाउन लगभग दलहरु राजी थिए । तर अन्तिममा त्यो सहमति र तयारी तुहियो । 
 यसरी गठन हुने आयोग शक्तिशाली हुने र राज्य पुनस्रंरचना र राज्य शक्तिको बाँडफाँड समितिले दिएको सुझाव भत्काउने भन्दै माओवादीको मोहन बैद्य पक्षले यसरी समिति गठन गर्न मानिरहेको थिएन । तै पनि संविधान संसोधन हुने भनेर २०६८ कात्तिक २५ गते बुधबार संसदको बैठक बोलाईएको थियो । तर त्यो समयमा प्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष डाक्टर बावुराम भट्टराई सार्क सम्मेलनमा भाग लिन भुटान गएका थिए भने माओवादी अध्यक्ष प्रचण्ड लुम्बिनी योजना लिएर अमेरिका भ्रमणमा थिए । खासमा भन्ने हो भने त्यो समयमा माओवादी पार्टीको नेतृत्वमा बैद्य खेमा थिए । मुख्य सचेतक बैद्य पक्षका देव गुरुङ थिए र उनको निर्णायक भूमिका हुन्थ्यो । शक्तिशाली आयोग बनाउन असहमति जनाउँदा जनाउँदै पनि माओवादीको बैद्य पक्ष संसोधन प्रकृयामा भाग लिन तयार भईसकेको थियो । ७२ घण्टे नियम निलम्बन गरेर संविधान संसोधन गर्ने अन्तिम तयारी चलिरहेको  थियो । संविधानसभाबाटै विज्ञ समुह बनाउने तयारी भएपछि आदिवासी जनजाति सभासदहरु आफ्नो पार्टीको निर्णय नमानेर विरोधमा देखिएका थिए । त्यो माहोल बुझे पनि बैद्य पक्ष शक्ति शाली विज्ञ समुहमा छाप लगाउन तयार भईसकेको थियो ।
माहोल यसरी फेरीयो 
संसद बैठक बोलाएपनि आदीवासी जनजाति सभासद् समुह  तथा बैद्य पक्षसँग छलफल चलाउँदा ढिलो भईरहेको  थियो । बैद्य पक्षमा रहेका महासचिव रामबहादुर थापा मतदान गर्न भन्दै संविधानसभातिर जाँदै थिए । गाडीमै बसेका सहयोगिले कोटेश्वर सोधे,'महासचिव ज्यू हामी कहाँ जान लागेको ?' बादलले जबाफ फर्काए,'संविधानसभामा जाने हो आज संविधान संसोधन हुँदैछ मतदान गर्नुपर् यो ।' सहयोगिले भने,'होईन महासचिव ज्यु अहिले बिचार गर्नुस अध्यक्ष हुनुहुन्न, प्रधानमन्त्री पनि हुनुहुन्न अनि यस्तो बेला संघीयता विरोधी काममा भाग लिदा राम्रो हुदैन की ?' अर्थात बलियो विज्ञ समुह बन्नु संघीयताको पक्षमा हुँदैन भन्नेमा बैद्य पक्ष थियो भनेर बुझ्न गाह्रो हुँदैन । सहयोगिको भनाईपछि बल्ल बादल झस्किए । उनले तत्कालै आफ्नै खेमामा रहेका मुख्य सचेतक देव गुरुङलाई फोन लगाएर र यो समस्या सुनाए । दुबै जनाले समस्या बुझेपछि बादलले गुरुङलाई कानुन व्यवसायी बोलाउन लगाएर एक छिन सल्लाह   गरे । अब रोक्ने उपाय भनेको निलम्बन गर्न खोजिएको ७२ घण्टालाई नियमित बनाउनुपर्छ भन्ने माग नै ठिक हुने भयो । त्यसपछि महासचिव र मुख्य सचेतकले सल्लाह गरेपछि ७२ घण्टे संसोधनमा अडान राख्ने र त्यो समयसम्म अध्यक्ष प्रचण्ड पनि आउने प्रधानमन्त्री तथा उपाध्यक्ष बावुराम भट्टराई पनि आउने भए अनि त्यसबेला एउटा सहमति खोज्न सकिने मा बैद्य पक्षले विकल्प निकाल्यो । बादल संविधानसभा बानेश्वरबाट बाहिर निस्किए । त्यसपछि संविधान संसोधन विधेयकमाथी छलफलका ७२ घण्टा समय दिनुपनेृ नियमावली परिवर्तन गर्न बैद्य पक्षले अस्वीकार गर् यो अनि भयो पनि त्यै  । त्यसपछि बैद्यले आफूलाई सफल प्रमाणित गर् यो । जसको परिणाम कमजोर राज्य पुनस्रंरचना सुझाव उच्चस्तरीय आयोग गठन हुन पुग्यो । 2068 poush 16

No comments: