Dec 25, 2011

हिजो जनयुद्धकालमा जसरी कांग्रेस एमालेले दमन गरे त्यस्तो चाही नगर्नुहोला -बादल,म क्रान्तिको भरिया बन्छु तर दमन गर्ने भन्ने हुँदैन -प्रचण्ड

आज एकजना माओवादीको कार्यकर्तासँग भयो । उनी बैद्य  विचार समुहका रहेछन् । एक छिन गफियो । उनको कुरा सुन्दा यस्तो लाग्यो माओवादी फुट्न सक्न अब कोही माईलाले रोक्न सक्दैन । माओवादी फुट्ने हल्ला नयाँ नभएपनि फुटिहाल्छ भन्ने विश्वास पनि धेरैलाई छैन । चलिरहेको केन्द्रीय समिति बैठकमा उपाध्यक्ष मोहन बैद्य किरणले छुट्टै कार्यदिशा पेश गर्ने तयार गर्नु र ति मित्रको कुरा सुन्दा राजनीतिक होईन प्राविधिक तयारी नपुगेर मात्रै बैद्य  विचार समुह प्रचण्डसँग झुण्डिएका होन की जस्तो भन्ने भान पर् यो । उनले अस्ति पुष ८ गते माओवादी अध्यक्ष प्रचण्ड र महासचिव रामवहादुर थापा बादलबीच यस्तो सम्बाद भयो रे भनेर सुनाए । उनले पनि त्यो कुरा कसै मार्फत सुनेका रहेछन् । प्रचण्डले नयाँ बजोरमा महासचिव बादललाई बोलाएछन् । अनि प्रस्ताव राखे रे 'म अहिले नै बावुरामजीलाई हटाउन सक्दैन तर अरु सबै मन्त्रीलाई फिर्ता बोलाएर सरकार पुर्नगठन गर् यौं तपाईहरु जुन मन्त्रालय रोज्नुहुन्छ रोज्नुस ।'कुरा सुनिरहेका बादल अलि गम्भिर भएर अलि आक्रमक तरिकाले भनेछन्,'तपाई अझै मन्त्रीमण्डल र पदका कुरा गर्नुहुन्छ ? चिज कहाँ पुगिसक्यौ अनि सिरियस हुनुस्, अब हामी आन्दोलनमा जान्छौं क्रान्तिमा जान्छौं अब हाम्रो आग्रह यत्ति हो की हिजो जनयुद्धकालमा जसरी कांग्रेस एमालेले दमन गरे त्यस्तो चाही  नगर्नुहोला ।'अघिसम्म हासीखुशी देखिएको प्रचण्डको मुखमा एकाएक गम्भिरपन देखियो रे । ति मित्रले मलाई अगाडी सुनाए ।'त्यसपछि प्रचण्डले जवाफ फर्काएरे,'बादलजी त्यस्तो कुरा गर्नु राम्रो होईन तर जहाँसम्म आन्दोलन र दमनको कुरा छ त्यस्तो हुँदैन । म क्रान्तिको भरिया बन्छु तर दमन गर्ने भन्ने हुँदैन ।'त्यहाँ सम्बाद सुन्दा चाहीं जानी जानी र हाँसी खुशी पार्टी फुट्दैछ । उनले पनि त्यै भने,'हेर्नुस पार्टी रिसराग गरेर फुट्दैन, हासी खुशी छुट्टिने बातावरण बन्छ  ।'  यो बनीबनाउ गफ जस्तो पनि लाग्छ, सत्य जस्तो पनि लाग्छ, अनि कहानी जस्तो पनि लाग्छ । पाटीका अध्यक्ष र महासचिव जतिबेला पनि भेट हुन र बस्न सक्ने भए । तर, पछिल्लो समयमा यि दुई नेताबीच त्यति धेरै भेटघाट छैन । ति साथीले सुनाएकै दिन भेट भयो भनेर किटान गर्न सकिने ठाँउ पनि छैन । तर बैद्य पक्षको त्यसमा पनि सेनाको जिम्मेवारी लिन तयार भएकाहरुबीच यो 'रे' को हल्ला अलि बढी रैहेछ  ।  सत्य के हो उनीहरु नै जानुन । अहिले आम नागरिकले जान्ने भनेको त माओवादीभित्र विवाद चर्कै छ भन्ने मात्रै हो । सबै कुरो त कसरी थाहा पाउनु । 2068-9-10 poush

No comments: