Dec 22, 2011

राति सडकमा पुरुष भनेर महिला यात्रु जाँच गर्दा एक प्रहरीलाई परेको सास्ती


अघिल्लो हप्ता  रातिको डियुटी सकेर सवा एघार बजेतिर घर जाँदै थिए । यो पुष महिनाको जाडो भक्कु कपडा लगाउदा पनि ज्यान कक्रक्क पर्ने । रातिमा आजकल कसैको भर हुँदैन । अझ यो जाडोको रातिमा बाईकमा घर जानु डरै लाग्छ । त्यै पनि नगई भएन । बाईकमा हुइकेर कोठातिर  जाँदै थिए । बल्लु र सानेपाकोबीचमा सवा ११ बजेतिर प्रहरीले लौरो उठाए । मैले बुभंे चेक जाँच गर्न होला । बाईक साईड लगाए अनि हेडलाईट बन्द गरे । ति प्रहरी नजिक आए तर  जाँच गर्दैनन् । म ठिङ्ग उभिएको छुँ । ति प्रहरी फनफनी घुम्ने मात्रै गर्छन् । एकछिनपछि उनी अलि  नजिक आएर सोधे 'दादा हो'ति प्रहरीको सोधाईबाट म अलमलिए । प्रहरीले गुण्डागर्दी गर्ने 'दादा' भनेका होलान भनेर म झस्किएँ । उनले यो कुरा तेस्रो पटक सोध्दा पनि मैलै जवाफ दिन सकिन । बल्ल प्रहरी दाईले बुझेछन् यिनले यो कुरा बुझेनन् भनेर । त्यसपछि फेरी चौथो पटकमा सोधे 'तपाई दाई हो कि दिदी हो'मैले फ्याट्ट भने दाई नै हो । ति सोध्ने प्रहरी पनि हासे म पनि हासें । मैले किन यस्तो सोध्नु भयो - भने । ति प्रहरीको गजबको अनुभव रहेछ । जाउलाखेलमा डियुटी पर्दा यसरी नै मोटरसाईकल रोकेर चेकजाँच गर्न थालेछन् । कुनै ख्यालै नगरि कम्मरमा हात लगेर जाँच सुरु गरेछन् । कम्मरदेखि तल साईडपट्टि तल सबै चेक गर्दासम्म कुनै प्रतिकृया आएनछ तर कम्मरबाट अगाडी र माथी हात बढाउन खोज्दा चिच्चाएर महिलाले गाली गरिछन् । अघि भर्खरैसम्म पुरुष भनेर जाँच गरिरहेका प्रहरीले आफूले जाँच गर्न खोज्ने व्यक्ति महिला रहेछन् भन्ने चाहीं गालि खाएपछि ति प्रहरीले थाहा पाएछन् ।  प्रहरी किन अलमिलएका रहेछन् भने खासमा म स्कुटरमा थिए थिए त्यसैले महिला कि पुरुष भनेर उनी अलमलिएका रहेछन् । उनले भने,'चिन्नै सिकंदैन सबै उस्तै हुन्छन् रातिमा कपडा पनि उस्तै हुन्छ म जाउलाखेलमा त्यसरी फसेपछि बडो अफ्ठेरो लाग्छ दुःख नमान्नु होला है ।' उनी पनि हासें म पनि मज्जाले हासे । चेकजाँच गरे ति प्रहरीले म आफ्नो कोठामा लागे । पछिसम्म पनि हासो  लागिरह्यो । रातिमा बसेर डियुटी गर्दा धेरैलाई थाहाँ नहुने अफ्ठेरो रहेछ पुरुष प्रहरीका लागि भन्ने लाग्यो मलाई ।2068-9-8 poush