बिहानै शिर्ष नेतालाई पछ्याउदै राष्ट्रपति भवन शीतल निवास पुगेको पत्रकारले भित्र छिर्ने गेटमै खम्की खानु पर् यो । ए..ए.. कता जाने हो ? पत्रकारलाई बडो नमिठो मुखले बोले साधा पोशाकमा रहेका सुरक्षाकर्मीले । उनीले परिचयपत्र पनि लगाएका थिएनन् तर नमिठो पाराले बोले । गेटमै सुरक्षाकर्मीको व्यवहारले पत्रकार रन्थनीएका थिए । अनुमति पाएपछि राष्ट्रपति भवनको पूर्वी दक्षीण कुनामा बनाईएको मिडिया सेन्टरमा गएर वसियो । दलहरुबीच छलफल वा विभिन्न कार्यक्रमका बेला शितल निवासको निश्चित प्राङगणसम्म पत्रकारको लागि पहुँच सामान्य नै हो । सामान्य सुरक्षा जाँच प्रकृया पुरा गरेपछि पत्रकारलाई भवन अगाडी जान रोकिदैंन । तर आज सुरक्षाकर्मीको पारा अर्कै थियो । अरु त अरु राष्ट्रपतिको भवनपनि खिच्च दिईएको थिएन जुन हाम्रालागि अनौठो थियो यस्तो कहिल्यै भएको थिएन । तैपनि एकिकृत नेकपा माओवादी नेपाली कांग्रेस एमाले र मधेशीमोर्चाका नेतासँग राष्ट्रपतिले छलफल गर्दाभरी हामी पनि मिडिया सेन्टरको अगाडी उभियो । त्यहाँ उभिएको सैनिकले छेवैको डिलमा बस्न पनि दिएका थिएनन् । अब पत्रकारहरुले हामी आफ्नै ठाँउमा छौं नेताहरु पनि यही आएर बोल्नुपर्छ भन्नेमा पुगे । त्यो स्वाभाविक पनि थियो । नत्र मिडिया सेन्टर केका लागि? नेताहरु छलफल सकेर बाहिरिए एक जना साथी राष्ट्रपतिको पूर्वी ढोकामा गएपनि अरु कोही गएनन् । मिडिया सेन्टरमै उभिई नै रहे । बाहिरिदै गर्दा एमाले अध्यक्ष झलनाथ खनालले भनेछन् 'होईन पत्रकारहरु सधै दौड्दै आउथे आज के भएछ?' नजिक पुगेका साथीले यो कुरा सुनाए हामीलाई । पत्रकारहरु क्यामेरा र रेकर्डर तेसा्रउदै लाईनबद्ध भएर मिडिया सेन्टरमा उभिएका थिए । मैले आजसम्म पत्रकारहरु समाचार लिनका लागि यसरी अनुशासित भएर वसेको देखेको थिएन । मैले दुईवटा दृश्य देखे । पहिलो थियो सधै ठेलमठेल गरेर अनावश्यकत तनाव लिने पत्रकार आज अनुशासित थिए । अर्को नेतालाई पनि सूचना दिनका लागि व्यवस्थित हुन सिकाउने अभ्यास थियो । धेरै पत्रकार भन्र्दै थिए-'वास्तवमा हामी हाम्रै कारणले दुःख पाउछौं नेताको पछाडी किन ठेलमठेल गर्नु पर् यो समाचार दिने हो भने उनीहरु पनि त सही ठाँउमा आउछन् नी'।सधै झैझगडाको तालमा ठेलमठेल गर्ने पत्रकार आफ्नो पारा सम्झदै थिए । झलनाथ गए प्रचण्ड गए । त्यसपछि विजयकुमार गच्छादार झण्डै ५० मि.को दुरीमा रहेको मिडिया सेन्टरमा आएर भित्र भएको छलफलमाबारे राम्ररी जानकारी गराए । न कुनै ठेलमठेल न कुनै भिड् । शालीन तरिकामा रिपोर्टीङ गरियो । तर बाहिर पत्रकारमाथी जे भईरहेको छ माथी खबर पुगिसकेछ । सुरक्षाकर्मीहरुको कानकानमा किन त्यस्तो भयो पत्रकारलाई भनेर सोधखोज गरिएछ । हामी बाहिरीदै गर्दा गेटमा वसेर अघि हामीलाई थर्काउने सुरक्षाकर्मी भन्दै थिए-'तपाईहरु पनि कस्तो गर्नु हुन्छ मान्छे हो गल्ति भईहाल्छ नी ! यति चाही गर्न हुन्थेन ।' उनी गल्ति महसुस गर्दै थिए । एकजना साथीले पनि जवाफ पर्काए,'गल्ति त हुन्छ तर यस्तो ठाँउमा वसेर कम गल्ति गर्नुपर्छ ।'२०६८-८-३ गते शनिबार
No comments:
Post a Comment