माओवादी यतिबेला संसदभित्र पनि अफ्ठेरो छ । बाहिर अफ्ठेरो हुँदा बहस छलफल हुन्छ, गालि गलौंज हुन्छ । एउटै मत हुन आवश्यक छैन । तर, संसदीय मोर्चा जहाँ विपक्षीसँग कस्सिएर भिड्नुपर्छ । आफ्नो जस्तो सुकै भएपनि बचाउ गर्नुपर्छ । पार्टीले चाहेको के हो एकमतले एउटै आवाजमा संसदमा आफूलाई प्रस्तुत गर्नुपर्छ । तर सडक र सरकारमात्रै होईन संवेदनशील मानिएको संसदमा पनि एकिकृत नेकपा माओवादी तनावमा छ । यसअघिका मुख्य सचेतक पोष्टवहादुर वोगटी उर्जामन्त्री भएपछि बैद्य पक्षका स्थायी समिति सदस्य देव गुरुङले मुख्य सचेतकको जिम्मेवारी सम्हालेका थिए । संसदमा प्रभावकारी भूमिकाका लागि संसदीय दलका नेता र मुख्य सचेतकबीच राम्रो समन्वय हुन आवश्यक छ । तर संदीय दलका नेता प्रचण्डको कुरा मुख्य सचेतक देव गुरुङसँग मिल्ने नै भएन । संसदीय दलका नेता एकातिर मुख्य सचेतक अर्कोतिर जसले गर्दा संसदमा माओवादीको घुमघाम गज्जब भएको छ । मुख्य सचेतक बैद्य पक्षका भएपछि राज्य पुनसर्ंरचनाका लागि गठन गर्न खोजिएको विज्ञ समुहको कार्यक्षेत्रलाई दिएर संसदमा एक मत हुन सकेको छैन । व्हिप पनि लगाउन सकेको छैन आफ्ना सभासदलाई माओवादीले । संसदीय दलका नेता र मुख्य सचेतकको तामेल नमिल्दा माओवादीले संसदमा अझै कति दुःख पाउने हो ठेगान छैन ।date- 2068-8-2
No comments:
Post a Comment