Nov 19, 2011

विज्ञ समुहबाट आयोगमा फर्कनु र २ बुँदे सहमति गर्नुअघिको कथा यस्तो थियो

हिजो २ बुँदे सहमति भएपछि माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनालका विषयमा नकारात्मक ढंगले टिप्पणी भएका छन् । अझ विशेष गरेर माओवादी अध्यक्ष प्रचण्डको विषयमा आलोचना गरिएको छ । बावुरामलाई एक्लाईयो भनिएको छ । तर आन्तरिक परिस्थिति र बाहि्रय परिस्थिति हेर्दा हिजो माओवादी अध्यक्ष प्रचण्डले जे निर्णय गरेका छन्, यसले फेरी राजनीतिक वातावरणलाई सही तरिकाले अवतरण गराएका छन् । िसंहदरबारमा बसेको संसदीय दलको बैठकबाट माओवादी अध्यक्ष प्रचण्ड स्वयमंलाई थाहा थिएन के हन्छ ? पार्टीभित्रको लफडा मिलाउनुपर्ने एउटा बाध्यता, अर्कोतिर अन्य दलको सहमति लिनुपर्ने । विज्ञ समुह बनाउने भनेर कात्तिक १५ गते सहमति भएपछि पार्टीभित्रै र बाहिर पनि परिस्थिति जटिल बन्दै गएको थियो । जातीय मोर्चाहरु आन्दोलनमा झर्न तम्तयार भएका थिए । लिम्वुवानमा विरोध सुरु नै भईसकेको थियो भने संसद्मा पार्टीभित्रै विभाजन आउने खतरा अगाडी पट्टि थियो । अर्कोतर्फ कांग्रेस र एमाले आफै संकटमा थिए । उनीहरुको पार्टीमा रहेका आदीवासी जनजाति सभासदले विज्ञसमुहको विरोध गर्ने सम्भवना अगाडी नै थियो िसंहदरबारमा रहेको संसदीय दलको बैठकबाट बाहिरिदा प्रचण्डले नजिककालाई भनेका थिए 'परिस्थिति सम्हाल्नु  छ । उतै संविधानसभा भवन जाउँ जे हुन्छ हुन्छ'/ तर आयोगको विपक्षमा कडा रुपमा उभिदै आएको सत्तासहयात्री मधेशवादी दलहरुलाई मनाउनु ठूलो चुनौंति थियो । छलफल सुरु भयो । कार्यक्षेत्रको बारेमा जानकारी गराएपछि मधेशवादी दल पुरै सकारात्मक भयो । यसले माहोल सजिलो बनायो विज्ञ समुहबाट आयोगमा फर्कन । तर जब हस्ताक्षर गर्ने बेला भयो मधेशी मोर्चा लरखरायो । हस्तारक्षर गर्न मधेशी मोर्चाका नेता अनकनाईरहेका थिए । त्यसैले प्रचण्ड अन्तिममा मोर्चाको बैठकमा छिरे । प्रचण्डले मोर्चालाई  कन्भिन्स गराएपछी मोर्चा हस्ताक्षर गर्न तयार भयो । प्रचण्ड मात्रै होईन पार्टी नै संकटमा परेको थियो । भट्टराईको हातबाट परिस्थिति फुत्किसकेको थियो । मियोमा बसेका प्रचण्डले राम्ररी परिस्थितिको मुल्याङकन गर्दै थिए । धेरैले प्रचण्डलाई खुट्टा कमाएको भनेका छन् तर हिजो पनि उनले वास्तवमा पार्टीभित्रको विवाद राज्य पुनस्रंरचना आयोगको विवाद साम्य गरेका छन् भने आदीवासी जनजाति सभासदको माग अनि वाहिर बाट आएको दबावलाई एकैसाथ पन्छाएका छन् । हिजो माओवादी अध्यक्ष प्रचण्डले विज्ञ समुहमा बल गरेको भए सडकसदनको परिस्थिति नसम्हालिने अवस्था आउथ्यो । २०६८।८।३ गते शनिवार

No comments: