Nov 20, 2011

सिहदरबारमा यसरी गर्जीए प्रचण्ड

पछिल्लो समय राजनीतिमा सकारात्म क्षणको सुरुवात भएको छ । शान्ति र संविधान धमाधम अगाडि बढेको छ । तर मिडियामा केही नकारात्मक टिप्पणी आएपछि माओवादी अध्यक्ष प्रचण्डको पारा तातेको रहेछ । उनकै नाम किटेर नकारात्मक प्रस्तुति आएपछि प्रचण्डको मन दुखेको रहेछ । पछिल्लो समय छलफलपछि मिडियाबाट भाग्न छोडेका प्रचण्ड छोटो बोल्छन् तर सटिक ढंगमा सबै जानकारी दिन्छन् । आज पनि शान्ति मन्त्रालयबाट बाहिर निस्किए र मिडियाका अगाडि आएर बोले । जम्मा २ मिनेट मात्रै बोलेका प्रचण्डले आज बर्दीयाबाट सुरु गर्ने जग्गा फिर्ता कार्यक्रम पार्टीभित्र कुनै विवाद हुँदैन भनेर सबैलाई आश्वस्वस्त पारे । अर्को पाटो पत्रकारले नसोधिकनै अलि कडै र रिसाएकै पारामा आफ्नो भनाई राखे । उनको भनाई राज्यपुनस्रंरचना र विज्ञ समुहमा भएको ओल्टाईपल्टाई अनि मिडियाले गरेको टिप्पणीप्रति थियो । उनको भनाई यस्तो थियो-------
अर्को कुरा चाहीं, केही मिडिया आएका कुरा प्रति मेरो अलिकति भनाई चैं तपाईहरुसँग राख्न चाहछु मैले । अहिले जुन यो राज्यपुनस्रंरचनासम्बन्धी पहिला विशषेज्ञ समति बनाउने कुरा, अहिले फेरी आयोगमा सहमति हुने कुराको सम्बन्धमा जुन निर्णय अस्ति भयो, संविधानसभामा सदनबाट जुन निर्णय भयो, त्यो धेरै महत्पूर्ण निर्णय हो । र, नेपाललाई केही मान्छेहरु, मैले मिडिया हेर्दा कतिपय मिडियाको रिपोर्टिङ् हेर्दा देशको समस्या समाधान नहोस भन्ने चाहेको जस्तो, नेपालमा अलिकति भाँडभैलो भईराखोस भन्ने चाहेको जस्तो गरेर रिपोर्टिङ् भईराखेको छ । म मिडियाका साथीहरुलाई त्यसो नगरिदिन हामी सबै जिम्मेबार बनौं । देशलाई दुर्घटना तर्प भिडन्त तर्फ लाने ढंगले चैं समाचार नबनाउँ । समस्या समाधान गर्ने धेरै ठूलो मेहेनत भएको छ अहिले पार्टीहरुको तर्फबाट नेतृत्वबाट । त्यो चिजलाई चाहीं ठिक ढंगले जनतामा संम्प्रेशण गरौं मेरो अनुरोध । धन्यवाद ! 

No comments: