आज २०६८ मंसिर ५ गते सम्म राज्य पुनस्रंरचना अयोग गर्ने दलहरुको भाका थियो । त्यसैले बिहान ९ बजे नै शान्ति मन्त्रालयमा जम्मा भए दलहरु । आज पक्का गठन हुन्छ भन्ने धेरैलाई लागेको थियो किन भने अघिल्लो दिनपनि दलहरुले छलफल गरेका थिए । महत्वपूर्ण दुई बुँदे सहमतिमा हस्ताक्षर गरेर विज्ञको सट्टा आयोग गठन गर्न दलहरुले सहमति गरेको तीन दिन अगाडि नै हो । अब आवश्यक थियो विज्ञहरुको खोजी र संयोजकको चयन । दलहरुले अघिल्लो दिन नै २।२ जना विज्ञ सिफारिस गर्ने सल्लाह पनि भएको थियो । २ बुँदे सहमति गर्ने बेलामा फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ता थिएनन् । त्यसैले चार पक्षको बैठकमा सत्ता साझेदार दल फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ता छिरेपछि कुरो विग्रीयो । बैठकमा उनले सहमति माथी प्रश्न उठाए । बैठकपछि बाहिर आएर पत्रकारसँग उनले भनेुमैले विरोध गरेको होईन तर आयोग गठन भयो भने संविधानसभाले यसको सुझावलाई कसरी लिन्छ भन्ने मेरो चासोको विषय हो ।ु मधेशी मोर्चाको पहिलेदेखिको आसंका नै के थियो भने कतै संविधानसभाको समितिले प्रस्ताव गरेको आधार भत्काउला की । तर दलहरु उक्त प्रस्तावको आधार नभत्काउने सहमति भएको थियो । सहमतिका बेला कोरियामा रहेका जेपी गुप्तालाई यसबारे जानकारी रहेनछ सायद त्यसैले उनी थप स्पष्ट हुन खोजका थिए । बैठकको सुरुमै निस्किएका कांग्रेस नेता डाक्टर रामशरण महत निराश मुद्रामा बाहिर निस्किएर भने,"सरकारमा रहेका दलहरुबीचमै समस्या देखियो अलिकति विवाद जस्तो पनि भयो तर हाम्रो भन्दा पनि यो सरकारको कुरा हो ।"आयोग गठन गर्ने विषयमा दलहरुबीच विवाद भयो भन्नेमा पक्का भयो । कांग्रेस र एमालेका नेता निस्किए । फेरी माओवादी र मधेशी मोर्चा वसे । विहानको छलफल यसरी सकियो । दिउँसो ४ शान्ति मन्त्रालयमा वस्ने भन्दै सबै निस्किए ।
…...................
समग्रमा मधेशी मोर्चाको कारणले कुरो मिलेन भन्ने देखियो । कतिपयले जेपीले आफ्नो उपस्थिति देखाउन अड्को थाप्यो भनेर टिप्पणी पनि गरे । तर आयोग गठन गर्नेमा मधेशी मोर्चामा पनि समस्या हट्यो । दिउँसो २ बजेपछि वसेको बैठकमा मोर्चाका नेताले आयोग गठन गर्ने निर्णय गरेर शान्ति मन्त्रालय छिरे । हामीलाई पनि के आशा जाग्यो भने आज पक्कै निर्णय हुन्छ । आयोग गठन गर्ने हो भने तराईमा दुई प्रदेश र आत्मनिर्णयको अधिकारसहितको स्वायत्तताको ग्यारेन्टि आजै खोजिरहेको थियो रे । तैपनि आयोगमा रहने सदस्यको नामहरु पनि दलहरुले भकाभक प्रस्ताव गरे । आयोगमा रहने सदस्यको संख्या प्रधानमन्त्रीले ७ वटा प्रस्ताव गरे भने कांग्रेसले ११ वटा मधेशी मोर्चाले ९ वटा प्रस्ताव गर् यो । एमाले भने संख्याको बारेमा खासै चासो दिएन । अन्तिममा सबै दलबाट दुईदुई जना सदस्य रहने र एक जना संयोजक रहने गरि ९ जनाको नाम ठिक हुन्छ भन्ने निष्कर्षमा पुगे ।
अब अर्को लडाई भयो संयोजक । माओवादी र मोर्चाको तर्फबाट पद्मरत्न तुलाधार पहिलो नम्बरमा र माणिकलाल श्रेष्ठ दोस्रो नम्बरमा प्रस्ताव गर् यो । एमालेले गणेशमान गुरुङ प्रस्ताव गर् यो भने कांग्रेसले विमल कोईराला र केदारभक्त माथेमाको नाम संयोजकका लागि अगाडि सारे । चर्चामा रहेको पिताम्बर शर्मा बेलुकीसम्म आउँदा दलहरुका नजरबाट बाहिरिएका थिए । शर्मा वाहिरिनुको कारण के रहेछ भने उनले राम्रै काम गरेपनि बाहुनले गरेको भनेर अरुले मान्दैनन् भन्ने प्रसंग उठ्ेछ । त्यसैले आदीवासी जनजातिबाट संयोजक बनाउने भन्ने वहस भयो । यतिबेलासम्म आउँदा दलहरु विज्ञ भन्दा पनि आफू नजिकका मान्छे संयोजक बनाउने भन्दै लडिरहेका थिए । बैठकबाट अलि छिटो बाहिरिएका एमाले नेता सुरेन्द्र पाण्डले भने,'अरु समस्या होईन तर दलहरुले आफ्नो मन खाने मान्छे राख्न खोजिरहेका छन् त्यसैले छलफल लम्बेको हो कुरो मिल्न सक्छ ।' दिउँसो ४ बजेदेखि भएको छलफल साढे ८ बजेसकियो तर हात्ति आयो हात्ति आयो फुस्सा भयो । समग्रमा संयोजक चयनमा कुरो मिलेन भन्ने निष्कर्ष संकृतिमन्त्री गोपाल किराँतीले सुनाउनुभयो । पत्रकारहरु पनि हिस्स पर्दै आज पनि डुबाए भन्दै निस्कियौं । आयोग गठन गर्ने भाका कट्यो ।

No comments:
Post a Comment