Sep 21, 2011

गोप्य भेलामा जादाँ आफ्नो गाडी चढ्न छोडे माओवादी उपाध्यक्ष बैद्य पक्षका नेताले ।

संस्थापन पक्षले माओवादी लडाकुको कन्टेनरको साँचो बुझाउदा सडकमै राँको बालेका थिए मोहन बैद्य पक्षका नेताले । यस विषयमा कुरो मिलेको छैन बरु मधेशवादी मोर्चासँग भएको ४ बुँदे सहमति खारेज गर्न माग गरेका छन् उनीहरुले । आज भेला गर्दा बैद्य पक्षका नेताहरु आफ्ना गाडि र ड्राईभरलाई घर र कोठामै राखेर बानेश्वरको अमृतभोग पार्टी प्यालेसमा गएछन् । पार्टी प्यालेसमा नेताहरु कोही मोटरसाईकलमा त कोही ट्यािक्समा पुगे । बैद्य पक्षका एक नेताका चालकले भने -ूखै गोप्य भेला भनेर हामीलाई कोठामै थन्काएका छन् । लुकाएर यो लुक्ने चिज होईन के गर्छन के । भेलामा उपाध्यक्ष किरण सहित महासचिव रामवहादुर थापा वादल सचिव सिपि गजुरेल छन् भने बैद्य पक्षका राज्य समिति सदस्यहरुलाई पनि बोलाईएको छ । हतियारको कन्टेनरको साँचो बुझाएको विरोधमा रहेको बैद्य पक्षले केन्द्रीय समिति बस्नुभन्दा पहिला भेला बोलाएको छ । भेलामा बैद्य पक्षका स्थायी समिति सदस्य नेत्र विक्रम चन्द विप्लपले छलफलका लागि छुट्टै दस्ताबेज तयार गरेको स्रोतले जनाएको छ । २०६८।५।४

No comments: