Oct 31, 2012

लोकल जति स्यालले लग्छ, बोईलर कुखुराको सत्यानाश !

लोकल भाले

मकै बारी हुर्कियो भने हुर्केका भाले जोगाउनै मुस्किल हुन्थ्यो । कुनामा लुकेर स्यालले कतिबेला चप्काउने हो टुंगो हुँदैन थियो । तर, स्यालको पालो त्यतिबेला आउथ्यो जतिबेला घरमा कोही हुँदैन थिए । हल्ला खल्ला गर्दै घरमा बसियो भने स्याल आउदैन थियो ।
चल्लादेखि भालेपनि ढुक्कसँग चर्न जान्थे । त्यसो त कहिलेकाकाही पछाडी पट्टिबाट भाले उछिट्याएको पत्तै हुदैन थियो ।
 जे भएपनि स्यालले कुखुरो खाईदेला भन्ने सधै चिन्ता हुन्थ्यो । त्यसैले भाले भेडो(थुमा)को सिंङलाई ‘टाटु’ बनाएर फुक्दै वसिन्थ्यो । टुउ.उउउ.. टुउउउउ थुमाको सिंङ फुक्दै कुखुराको ग्वालो बसिन्थ्यो ।
यसरी जोगाएर भएपनी गाँउभरी कुखुरा सस्तै हुन्थे । परेको भेला जुन छिमेकीको धुमबाट कुखुरा निकालेर भएपनि काम चलाउन पाईन्थो । 
विस्तारै फेरिएछ चलन । यसपटकको दशैमा रमाईलो दृश्य देख्न  पाईयो । पूर्वी रोल्पाको मुख्य बजार सुलिचौर र रुईनिवाङमा बोईलर कुखुरा खोज्नेहरु हतार हतारमा देखिन्थे । कोही चाही चामलको भारीमा डोकोमाथी भत्रायक्क पारेर सेतै बोईलर कुखुरा बोकेर उकालो चढ्थे ।
आजकल शहरमा लोकल कुखुरा कम्ति महंगो छैन । मान्छेले ठाँउ पाएर पाल्थे होला । गाँउमा प्रयाप्त वातावरण र माहोल हुँदा हुँदै पनि पाल्न अल्छि मानेर बोईलर ओसार्न सुरु गर्न थालेछन् ।  एक जना दीदीलाई सोधे,‘किन हो दीदी यस्तो गन्हाउने कुखुरा बोकेर हिडेको, यस्ता कुखुरा त गाँउमा जत्ति पनि होलानन् नी । दीदीले भनिन्,‘के हुनु र ओ भाई पालम भने सेललले लैदेल्छ, दशैमा खान  परिगो ।’ मलाई पनि लाग्यो,‘लोकल जति स्यालले लग्छ, बोईलरको सत्यानाश !’

No comments: