Jun 18, 2012

माओवादी फूट्नु अघि सहमतिका लागि भएको अन्तिम प्रयासको भित्रि कथा

एकिकृत नेकपा माओवादीको बैद्य पक्षको राष्ट्रिय कार्यकर्ता बेला नजिकिदै गएपछि एकताका विषयमा छलफल हुन समेत छोडेको थियो भने एकिकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्य किरणलाई नयाँ पार्टी गठनमा जर्वजस्त दबाव परेको थियो । 
यता अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि राजिनामा दिन तयार भएको भनेर सार्वजनिक घोषणा गरेका थिए यद्धपी औपचारिक रुपमा बैद्य पक्षलाई जानकारी गराएका थिएनन् । आफूहरुलाई थाहा नदिएर बाहिर राजिनामाको हल्ला गरेको भन्दै बैद्य पक्ष आक्रोषित थियो । यै बीचमा अध्यक्ष प्रचण्ड र बैद्य पक्षीय स्थायी समिति सदस्य विप्लबबीच छलफल भयो ।
 विप्लबले अध्यक्ष प्रचण्डसँग राजिनामाबारे बाहिर हल्ला गरेको विषयमा गुनासो राखेर उनले कसिकसाउ भने,‘खासमा हामीले तपाई रुपान्तरण हुनुपर्छ भनेका हौं  राजिनाको विषयमा हामीलाई खासै चासो छैन तर तपाईले दिन्छु भनेपछि हामी पनि अब राजिनामा माग्न छोड्दैनौं ।’ सुरुमा राजिनामाको पक्षमा खुलेर कुरा गरेको बैद्य पक्षले पछिल्लो समयमा अध्यक्ष राजिनामाको पनि चर्को कुरा उठाएको  थियो । 
यसै सन्दर्भमा पार्टी मिलाउनका लागि अध्यक्ष प्रचण्डले अन्तिम प्रयास स्वरुप उपाध्यक्ष निवास गोंगबु,बाहोराटारमा २०६९ जेठ ३० गते गएर छलफल गरे । लामै छलफल गरेपछि बातावरण सकारात्मक बनेको   थियो । पार्टी एक गराउने विषयमा ‘कम्प्रमाईज’मा अगाडी बढ्ने सहमति भएको थियो । अर्थात अध्यक्षले आत्माचोलना गर्ने र अध्यक्ष पदबाट राजिनामा नदिने सहमति भएको थियो । प्रचण्ड पनि यस विषयमा सकारात्मक भएका  थिए । छलफपछि बैद्य पक्ष पनि अध्यक्षको राजिनामै गराउने पक्षमा थिएनन् । पार्टीबाट अलग हुनुर्पछ भन्ने बैद्य पक्षको नेताहरु पनि बोहोराटारमा भएको छलफलपछि ‘पार्टी विभाजन रोकिन्छ जस्तो छ’ भन्दै निस्किएका थिए । 
छलफल भएको दोस्रो दिन अर्थात जेठ ३१ गते उपाध्यक्ष मोहन बैद्य किरणसहितको टोली माओवादी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाट पुगे । उपाध्यक्ष बैद्य खासमा अध्यक्ष प्रचण्डलाई पनि गोंगबु ल्याउनका लागि गएका थिए । बैद्य पक्षको अनुमान के थियो भने अध्यक्ष प्रचण्ड बैद्य निवासमा आए एकताका लागि थप छलफल हुन सक्छ । बैद्य लाजिम्पाटमा भईरहदाँ बैद्य पक्षीय नेताहरु गोंगवुमै कुरीरहेका थिए । तर, उपाध्यक्ष बैद्य अध्यक्षलाई होईन सात बुँदे सहमतिको प्रस्ताव लिएर फर्किए । आफु पक्षीय नेताले सोधे बैद्यलाई,‘खै त अध्यक्ष ?’ उपाध्यक्ष बैद्यले भने,‘नआउने रे यि बुढाले साँत बुँदे पठाएको छ, एकताका लागि ।’ बैद्यका पक्षमा नेताहरु रिसाए र भने,‘तपाई पार्टी एकताका लागि गाको की हुलाकी भन्न ?’ यै विषयमा हाँसो पनि भयो बैद्यलाई प्रचण्डको ‘हुलाकी’ भनेर  जिस्काउँदा । प्रचण्ड गोंगबु नआएपछि  बैद्य पक्षका नेताहरुको मनमा चिसो पसेको थियो । यता संस्थापन पक्षमा अध्यक्षले पार्टी जोगाउन कसरत गरेपनि ‘नजिकका’हरुले नदिएको चर्चा छ । 
बैद्य पक्षले साँत बुँदे पाएको दोस्रो दिन जेठ ३२ गते नै असहमतिका ६ वटा बुँदा पठाएको थियो तर संस्थापन पक्षले जबाफ पठाएन । संस्थापन पक्षबाट ‘बैद्य पक्षले पनि गल्ति गरेकाले उनीहरुले पनि आत्माचोलिच हुनुपर्ने’ आवाज उठ्यो र यो खबर बैद्य समुहकहाँ पुराईयो । यसपछि भने पार्टी एकताको सम्भावना सकिएको निष्कर्षमा पुगेर राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने मनस्थितिमा बैद्य पक्ष पुग्यो । यसपछि छलफल र एकताको पहल पातलियो । पार्टी फुटनु अघिल्लो दिन अर्थात २०६९ असार १ गते बुलुकी अध्यक्ष प्रचण्डले बैद्यलाई फोन गरेर गरेर,‘सकेसम्म पार्टी नफूटाउन’ आग्रह गरे ।
 तर, बैद्यले ‘अब छलफल र बार्ता गर्नुको अर्थ नभएको’ जवाफ फर्कापछि पार्टी एकताको सम्भावना सबै सकिएको थियो । किन भने बैद्य आफैले सम्वन्ध विच्छेदको दस्तावेज पेश गरेका थिए । जुन पारित हुने पक्का भईसकेको थियो ।2069-3-5

No comments: