Jun 10, 2012

किन गर्‍यो माओवादीले मजदुर संगठन पर्ुनस्थापना ?


सरकार पक्षले तामझामका साथ होटेल याक एण्ड यतिमा अर्न्तकृयाको आयोजना गर्दै थिए । त्यो भन्दा पहिला बिहान माओवादी अध्यक्ष प्रचण्डले नेवा राज्य समितिका कार्यकर्तालाई खन्ना गार्मेन्टमा प्रक्षिण दिन जानुभएको थियो । संविधानसभा भंगपनि रन्थनिएका दलहरुले आफ्ना कार्यकर्ता परिचालनका लागि लागिरहेका छन् र माओवादी अध्यक्ष प्रचण्डले पनि असार १ गते हुने खुलामञ्चको आमसभामा पुरै मञ्च भर्नुपर्ने र त्यसका लागि सकृय सहभागिता जनाउन भन्नुभयो ।
 तर, परिस्थिति फरक देखा पर्‍यो अध्यक्षको निर्देशन पछि । मन कुडाएर बसेका मजदुर संगठनका नेता कार्यकर्ता उर्लिए । उनीहरुले महाधिवेशन पनि नहुने, आफूमाथीको कारवाही पनि पुष्टी नभएको भन्दै गुनासो सुरु गरे । तत्काल पुनर्स्थापना हुनुपर्ने मागसमेत राखे । यति भन्दै गर्दा उनीहरुले खुल्लामञ्चमा १ जना मान्छे पनि उतार्न नसक्ने, आर्थिक सहयोग पनि नगर्ने भन्दै भद्रगोल गरेपछि प्रशिक्षण कार्यक्रम नै विथोलियो ।
मजदुर संगठन मात्रै होईन पार्टर्ीीै फूटने अवस्थामा पुगेपछि मजदुर सँगठनका लागि माओवादीले  कि त महाधिवेशन गर्नुपथ्र्यो कि त संगठनलाई यत्तिकै संक्रमणकालमै छोड्नु पथ्र्यो, कि त पुनर्स्थापना गर्नुपथ्र्यो । अखिल नेपाल ट्रेड युनियन माओवादीको सबै भन्दा ठूलो भातृसंगठन हो, संगठनिक वा अन्य हिसाबले पनि । जमकट्टेल माओवादी अध्यक्ष प्रचण्डका विश्वासिला पात्र मात्रै होईनन हक्कि स्वभावका पनि हुन् । मदुरसँगठनको पर्यायको रुपमा जस्तो देखिएका उनले आफूलाई पुनर्स्थापित गर्न सफल भएका छन् । 
केन्द्रीय कार्यालयमा आफैले संगठन पुनर्स्थापना भएको घोषणा गर्द बैद्य पक्षका जम्मा चार जना मदुरका केन्द्रीय सदस्य कृष्ण थापा, सचिवालय सदस्य, धनबहादुर रोकाय, धु्रव कोईराला मात्रै उपस्थित थिए । जमकट्टेलले २०६५ साल फागुनको एकता महाधिवेशनबाट चयन भएको ९३ सदस्यीय केन्द्रीय समिति पुनर्स्थापनाको घोषणा गर्नुभयो ।
जारी विज्ञप्ति

No comments: