Dec 14, 2011

बर्गीकरण गर्दा माओवादी जनसेनाको नाम, ठेगाना, उमेर, नमिल्नुको भित्र कारण यस्तो रहेछ

माओवादी सेनाको वर्गीकरण गर्दा कसैको नाम मिलेको छैन कसैको ठेगाना मिलेको छैन कसैको जन्म मिति मिलेको छैन । कर्मचारीहरु पनि हैरान छन् । त्यसलाई कसरी मिलाउने भनेर सेना समायोजन विशेष समिति सचिवालयले जिम्मेवारी पाएको छ । एक जनाको होईन दुईजनाको होईन बास्तविक ठेगाना र नाम नमिल्ने माओवादी जनसेना थुप्रै रहेछन् । यो समस्या किन आयो  कसरी आयो  सबैको चासॊ छ । यदि सहमति हुन सकेन भने नाम ठेगाना फरक परेकै आधारमा स्वेच्छिक वा पुनस्र्थापनामा जाँदा पाउने रकम गुमाउने मात्रै होईन समायोजनमा जान चाहने लडाकुको इच्छामा पनि तुषारापात  हुनसक्ने सम्मको खतरा छ । तै पनि मिलाउने प्रयास भईरहेको छ । खासमा अहिले आएर माओवादी जनसेनाको नाम ठेगाना लगायतका विवरण कसरी फरक पर् यो त  २०६८ मंसिर २५ गते बसेको सेना समायोजन विशेष समितिको बैठकपछि माओवादीका नेता तथा तत्काली जनसेनाका डेपुटी कमाण्डर बर्षमान पुन अनन्तले अनायसै यसको खुलासा यसरी गरे,'उमेर दाहोरो भएका शिक्षा दोहोरो भएका दर्जा दोहोरो भएका ति विबिध विषयहरु आए जतिबेला हामी प्रमाणीकरण गदै थियौं दर्ता गर्दै थियौं,त्यतिबेला शान्ति प्रकृया त्यसरी नै जान्छ भन्ने धेरै मान्छेलाई विश्वास थिएन त्यो अवस्थामा ठेगाना लुकाउने अवस्था उमेर लुकाउने अवस्था अथवा नामै अर्को लेख्ने त्यस्तो अहिले धेरै नै भेटियो ।' त्यसपछि बल्ल स्पष्ट भयो अहिले माओवादी जनसेनाको नाम ठेगाना उमेरलगायतका कुरा फरक पर्नुको कारण । अब चाही माओवादीलाई शान्ति प्रकृयाप्रति प्रतिबद्ध छैन भनेर भन्दा अलि बढी होला । तर सुरुमा चाही माओवादीको  चलाखीपन चाही रहेछ जस्तो  लाग्यो ।2068-8-28 Gate

No comments: