मन्त्रीकी पत्निद्वारा अर्कै पुरुषसँग अंश माग
काठमाण्डौं, कात्तिक १६ - स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीकी श्रीमति सिमा भनिने योगमाया रायमाझीले आफूले बुटवल लक्ष्मीनगर बस्ने रामबहादुर कार्कीसँग दोश्रो विवाह गरेको र कार्कीले खान लाउन नदिएको भन्दै रुपन्देही जिल्ला अदालतमा मुद्दा हाल्नु भएको छ । बि.सं. २०४५ सालमा रायमाझीसँग प्रेम विवाह गरेकी योगमायाले कार्कीसँग बि.सं. २०६२ सालदेखि प्रेम सम्बन्ध रहेको र आफूले ३/४ महिनाअघि मात्र कार्कीसँग विवाह गरेको बताउनु भएको छ ।
तर योगमायाले अहिले स्थानीय विकास मन्त्री रहेका टोपबहादुरसँग सम्बन्ध विच्छेद गर्नुभएको छैन ।
टोपबहादुर काठमाण्डौंमा बस्दै आए पनि एकीकृत नेकपा माओवादीको अवध राज्य समितिकी सदस्य समेत रहेकी योगमाया भने बुटवलमा एक्लै बस्दै आउनु भएको छ ।
कार्कीसँग अंश माग्दै अदालतमा मुद्दा दायर गरेपछि अवध राज्य समितिले पार्टीको साधारण सदस्य समेत नरहने गरी योगमायालाई पार्टीबाट निष्कासन गरेको छ । योगमायाले कार्कीसँग बि.सं. २०६२ सालदेखि प्रेम सम्बन्ध रहेको जानकारी पार्टीलाई गराएको माओवादी श्रोतले जनाएको छ ।
योगमायाले पति दावी गर्दै उजुरी हालेका कार्की सामान्य नागरिक हुनुहन्छ । कार्कीले आफू टोपबहादुरको पिए भएको दावी गर्दै केही समय अघि काठमाण्डौंमा कोठा लिएर पनि योगमायालाई राख्नु भएको थियो ।
माओवादी अवध राज्य समिति श्रोतका अनुसार पार्टी र टोपबहादुर रायमाझीको नामको दुरुपयोग गरेको र पार्टी हित विपरित काम गरेको भन्दै पार्टीले योगमायालाई यसअघि पनि सचेत गराएको थियो ।
योगमाया र टोपबहादुरको विवाह
टोपबहादुर रायमाझी भूमिगत रहेको बेला दिल्ली जाँदा बि.सं. २०४० को दशकमा योगमायासँग भेट भएको थियो । लाहुरेकी छोरी योगमायाले मन पराए पछि २ जनाबीच बि.सं. २०४५ सालमा दिल्लीमा प्रगतिशिल विवाह भएको थियो । अर्घाखाँचीका रायमाझी विवाह गर्दा २८ वर्षको हुनुहुन्थ्यो । उहाँ र योगमायाका एक छोरा र एक छोरी छन् । From = unn.com.np
No comments:
Post a Comment