Jul 7, 2012

एकीकृत नेकपा-माओवादी) अध्यक्ष प्रचण्डद्वारा जारी प्रेस वक्तव्य

यही आषाढ ५ गते २०६९ का दिन आफ्नो पक्षको कथित राष्ट्रिय भेलाद्वारा पारित प्रस्तावभन्दै  लामो समयदेखि पार्टीभित्र भिन्न विचार समूहका रुपमा गतिविधि गर्दै आएको क.मोहन वैद्य -किरण) द्वारा नेतृत्व गरिएको समूहले आफैलाई एकीकृत ने.क.पा.-माओवादी) बाट अलग भएको औपचारिक र सार्वजनिक घोषणा गरेको छ ।

Jun 25, 2012

खाना र प्रचण्ड


नेताका भाषण दिनदिनै सुनिन्छ । कहिलेकाही तिनीहरुको जीवनशैलीको पाटो कस्तो होला भन्ने चासो पनि धेरैको हुन्छ । एकिकृत नेकपा माओवादीका अध्यक्ष औपचारिक कार्यक्रममा थरिथरिका भेषभुषमा देखिन्छ । भाषण पनि नौ रंगि हुन्छ । हुन त यो फोटो एक बर्षअगाडिको हो - तै पनि नेताको लवाई खवाई खस्तो हुन्छ - यो पनि चासोका विषय हो । त्यसैले २०६७ साल फागनुमा जनयुद्ध दिवस मनाउन हेलिकप्टरमा थवाङ पुगेका माओवादी अध्यक्ष प्रचण्डको खाना खाने समयमा फोटो खिच्ने मौका मिलेको थियो । आज अफलोड गर्न मन लाग्यो र गरे ।


Jun 22, 2012

के के छ बैद्य नेतृत्वको नेकपा —माओवादीको विधानमा ?


एकिकृत नेकपा माओवादीबाट अलग हुनका लागि  उपाध्यक्ष मोहन बैद्य किरण पक्षले नयाँ पार्टी गठनका लागि राष्ट्रिय भेलामा छुट्टै पार्टी गठनका लागि पार्टीको विधान पेश गरे । राष्ट्रिय भेलाले कार्यान्वयनमा आउने गरि पार्टीको अन्तरिम विधान पेश भयो । पार्टी गठनका लागि नाम सहित राष्ट्रिय भेलामा विधान प्रस्ताव भयो र नयाँ पार्टीको जन्म भयो । यो दस्तावेज प्रारम्भिक हो जुन प्रस्ताव गरिएको थियो । राष्ट्रिय भेलामा आएको सुझाव अनुसार पार्टीको नाम नेकपा — माओवादी नाम राख्यो ।

Jun 18, 2012

माओवादी फूट्नु अघि सहमतिका लागि भएको अन्तिम प्रयासको भित्रि कथा

एकिकृत नेकपा माओवादीको बैद्य पक्षको राष्ट्रिय कार्यकर्ता बेला नजिकिदै गएपछि एकताका विषयमा छलफल हुन समेत छोडेको थियो भने एकिकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्य किरणलाई नयाँ पार्टी गठनमा जर्वजस्त दबाव परेको थियो । 
यता अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि राजिनामा दिन तयार भएको भनेर सार्वजनिक घोषणा गरेका थिए यद्धपी औपचारिक रुपमा बैद्य पक्षलाई जानकारी गराएका थिएनन् । आफूहरुलाई थाहा नदिएर बाहिर राजिनामाको हल्ला गरेको भन्दै बैद्य पक्ष आक्रोषित थियो । यै बीचमा अध्यक्ष प्रचण्ड र बैद्य पक्षीय स्थायी समिति सदस्य विप्लबबीच छलफल भयो ।

Jun 13, 2012

माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि पेश गरेको लिखित सात बुँदे लिखित प्रस्ताव यस्तो छ । जुन बैद्य पक्षले अस्विकार ग¥यो ।

पार्टी एकता कायम राख्ने तात्कालिन आधार र उपायबारे प्रस्ताव

देशको समग्र राजनैतिक परिस्थिति र संघर्षको आवश्यकताले हाम्रो महान् तथा गौरवशाली पार्टीमा उत्पन्न विवादको समाधान गरि एकताबद्ध भएर अगाडि बढ्ने आधार र उपायको खोजी गर्नु ऐतिहासिक रुपले अनिवार्य बन्न गएको छ । यो तथ्य निर्विवाद छ कि अर्को अधिवेशन भएर नयाँ आधार प्रस्तुत नगरिँदासम्म पार्टी एकताको वैचारिक, राजनैतिक र साँगठनिक आधार गत केन्द्रीय एकता अधिवेशनद्वारा पारित प्रस्ताव र विधान नै हुन् । यहाँ तात्कालिन अवस्थामा पार्टीमा उत्पन्न विवाद र संगठनात्मक एकताको संकट समाधानको उपायबारे मात्र केही बुँदा अगाडि सारिएको छ ।
१। मा।ले।मा।÷विचार, नयाँ जनवादी क्रान्तिको कार्यदिशा समाजवाद र साम्यवादको उद्देश्य, जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त जस्ता आधारभूत विषयहरु यतिबेला हाम्रा विवादका मुख्य विषय होइनन् । अहिले जनवादी क्रान्तिको रणनैतिक उद्देश्य प्राप्तिका लागि अपनाइएको शान्ति, संविधान र सरकारसँग सम्बन्धित कार्यनीति र तिन्को कार्यान्वयनका विषयनै हाम्रा विवादका मुख्य विषय बन्न गएका छन् । त्यसमा पनि हाम्रो ध्यान केन्द्रीय समितिको गत पूर्ण बैठकमा पार्टी एकताका निमित्त गरिएको सहमतिको राजनैतिक प्रस्तावमा केन्द्रित हुन जरुरी छ । यसरी हेर्दा शान्ति प्रक्रियाका सन्दर्भमा चावि प्रकरणदेखि सेना–समायोजनको निर्णयसम्म, संविधानका सम्बन्धमा विगतमा पार्टी नेतृत्वले गरेका कतिपय सहमति, सरकारका सम्बन्धमा राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनको विषय एवम् राष्ट्रियताका सन्दर्भमा विप्पा सम्झौता लगायतका विषय नै विवादका मुख्य विषय बन्न गएका छन् । एकताको ऐतिहासिक आवश्यकतालाई महशुस गरि पार्टी नेतृत्व पालुङ्गटारको विस्तारित बैठकपछि लिइएका उपरोक्त सबै निर्णयहरुमा सामूहिक रुपले पूनर्समीक्षा गर्न तयार रहेको कुरा स्पष्ट गर्दछ ।

२। उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगका जनताका आधारभूत हित र अधिकार मुख्यतः पहिचानका आधारमा संघीयताका पक्षमा संघर्ष गर्दागर्दै संविधानसभाको अवसान हुन पुगेको नकरात्मक स्थितिलाई पार्टीमा एकता कायम गरि जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माणको अभियानमा जुट्ने सकारात्मक परिणाममा लैजाने आधार तयार भएको छ । यो एकताको आधारलाई पक्डेर अगाडि बढ्नका लागि विगतमा भएका निर्णयहरुको समीक्षा गरि कमी–कमजोरीहरुप्रति आत्मालोचित हुन पार्टी नेतृत्व तयार रहेको कुरा पनि यहाँ स्पष्ट गरिन्छ ।
३। पार्टी एकता र क्रान्तिको समग्र हितलाई ध्यान दिई केन्द्रीय समितिको पूर्ण बैठकमा एजेण्डा राखेर नेतृत्व परिवर्तन लगायतका विषयमा छलफल गर्न र आवश्यक त्याग गर्न पार्टी नेतृत्व तयार रहेको कुरा स्पष्ट गरिन्छ ।
४। जुनसुकै स्थितिमा पनि संविधानसभाबाट जनताको संविधान निर्माण गर्ने नीतिमा कायम रहनुपर्दछ । संविधान नबन्दासम्म यो नीतिको औचित्य कायम रहने कुरामा स्पष्ट हुनुपर्दछ ।
५। पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानमा राजनैतिक सहमति कायम गरी विगतमा गरिएका सहमतिको स्पीरिटमा सरकारको नेतृत्व परिवर्तन गर्न पार्टी तयार रहेको कुरा स्पष्ट गरिन्छ ।
६। वैचारिक राजनैतिक विषयसँग सम्बन्धित विवादहरुबारे पार्टीमा फोरम सञ्चालन गरि आगामी माघ महिनाभित्र महाधिवेशन आयोजना गरि टुङ्गो लगाउन प्रतिबद्ध हुनुपर्दछ ।
७। उपरोक्त प्रयोजनका निमित्त अहिले दुई भिन्न विचार–समूहद्वारा आयोजित आषाढ १ गतेको राष्ट्रिय भेला र आषाढ १५ गतेको केन्द्रीय विस्तारित बैठक दुवै स्थगित गरि अबिलम्ब केन्द्रीय समितिको पूर्ण बैठक बस्ने र समग्र समीक्षा सहित साझा निस्कर्ष निकाल्न प्रयत्न गर्नु पर्दछ ।
प्रतिक्रियावादी र अवसरवादी तत्वहरुद्वारा हाम्रो महान् र गौरवशाली पार्टीलाई विभाजित पार्न देखेको सपना र गरिरहेको षड्यन्त्रलाई परास्त गर्न उपरोक्त आधार र उपाय अपनाउन एकजुट बनौं । जतिसुकै चुनौतिपूर्ण भए पनि पार्टीको भविष्य उज्जवल छ ।
३१ जेठ, २०६९
प्रचण्ड
अध्यक्ष
एनेकपा(माओवादी)

एसएलसीको पासफेलको नतिजा यस्तो छ ।

एसएलसी परीक्षामा सहभागी ४ लाख ९६ हजार २८
उत्तिर्ण—        २ लाख ८ हजार १ सय ८७ जना उर्तिण
नियमित तर्फ -       १ लाख ९७ हजार ६ सय ३८ आर्थात ४७ दशमलव १ ६ प्रतिशत
एक्जाम्टेड तर्फ -     १० हजार ५ सय ४९ जना अर्थात १३ दशमलव ७० प्रतिशत
विशिष्ट श्रेणीमा -     १७ हजार ७ सय ६०
पहिलो श्रेणीमा -      ७७ हजार ३ सय ८३
दोश्रो श्रेणीमा-         १ लाख १ हजार ४ सय २५
तेश्रो श्रेणीमा -         ११ हजार ६ सय १९ पास
परीक्षा रद्ध  -           ५ सय १० जनाको
परीक्षामा दुई विषय अनुर्तिर्ण हुने परीक्षार्थीको मौका परीक्षा साउन १७ गते बुधवारदेखि २४ गते वुधवार सम्म हुने छ ।

Jun 12, 2012

एमालेका असन्तुष्ट आदीवासी जनजाति तथा मधेशी नेताहरुले नेतृत्वलाई असहमतिबारे दिएको लिखित धारणा



१. विषय प्रवेश
छ दशक लामो जन संघर्ष एवम् ०६२÷०६३ सालको शान्तिपूर्ण जनक्रान्तिका माध्यमबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । अहिले देश सामन्तवादवाट पूँजीवादतर्फ, एकात्मक राज्यवाट संघात्मक राज्यतर्फ संक्रमण गरिरहेको छ भने संविधानसभाको प्रथम वैठकले देशमा गणतन्त्र संस्थागत गरिसकेको छ ।