११ कात्तिक, काठमाडौं । आसियन क्षेत्रको भ्रमणमका क्रममा रहेको नेपाली फुटबल टोलीलेे मैत्रीपूर्ण फुटबल खेलमा कम्बोडियालाई १-० गोल अन्तरले पराजित गरेको छ ।
कम्बोडियाको नोमपेनस्थित अन्तर्राष्ट्रिय रंगशालामा सन्तोस साहुखलले खेलको ८५ औं मिनेटमा गोल गर्दै नेपाललाई जित दिलाएका हुन् । खेलमा नेपालले कम्बोडियाको अन्डरट्वान्टी थ्री टीमलाई दबाबमा राखे पनि अपेक्षाकृत गोल गर्न सकेन ।खेलको दोस्रो हाफमा भरत खवासलाई सब्सिच्युट गर्दै मैदान छिरेका सन्तोस साहुखलले केही राम्रो मुभ निकाले पनि अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । यसअघि नेपालले तीन मैत्रीपूर्ण खेल गुमाएको थियो । एक साता मलेसिया बसेर टोली मंगलबार मात्र कम्बोडिया पुगेको हो ।
यसअघि भएका मैत्री खेलमा नेपाली टोलीले फिलिपिन्ससँग ४-० र मलेसियासँग २-० ले हारेको थियो । कम्बोडियापछि थाइल्यान्डको राष्ट्रिय टोली र ओलम्पिक टोलीसँग खेल्ने कार्यक्रम रहेपनि थाइल्याण्डमा आएको बाढीका कारण्ा ती दुवै खेल स्थगित भएका छन् । नेपाली टोली आइतबार स्वदेश र्फकने कार्यक्रम छ

No comments:
Post a Comment