May 7, 2011

जिम्बेवारीबाट पन्छिने यस्तो काइदाले फाईदा गर्दैन

हिम विष्ट
त्ाोकिएको समय जेठ १४ गते नयाँ संबिधान बनाउन सकिदैन भन्ने लागेपछि दलहरु यसको दोष एकले अर्काको थाप्लोमा हाल्ने होड चलिरहेको छ । शान्ति र संविधानको बिरोधी अरुलाई देखाएर आफु 'पानीमाथीको आभानो' बन्ने कसरत भईरहेको छ । छोटो समयमा काम सक्नका लागि रातदिन संविधानका अर्न्तवस्तुहरुलाई केलाउने र मिलाउने भन्दा पनि हतास मनस्थिति लिएर आफु चोखो बन्नका लागि र्सार्बजनिक कार्यक्रमहरुमा आफु सही र अरुलाई गलत देखाउन जति सक्यो त्यति कडा,चर्का र उट्पट्याङ भाषण गरेर नागरिकका बीचमा भ्रम र्छर्ने प्रयास भईरहेको छ ।
यो परिस्थितिको गन्ध उतिबेलै आईसकेको थियो । संविधानसभाको म्याद थप गर्नका लागि गरेको ३ बुँदेसहमतिको बुटोमा अल्भिmएर फनफनी घुमेदेखि नै संविधान नबनाउने छाँट देखिसकिएको थियो । त्यसलगत्तै ९ महिनासम्म संविधानसभाको बैठक वस्न नसकेपछि त्यतिबेलै पत्याउन छोडिसकिएको थियो संविधान बन्छ भनेर । समयले मिच्दै लगेपछि अहिले आएर भय र अन्योलको वातावरण सिर्जना हुदैछ । यस्तो अवस्थामा कम्तिमा आफुले गरेको गल्ति स्वीकार गरेर शान्ति र संविधानका लागि कम्तिमा आधार त अझै बनाउन सकिन्छ । तर बिडम्बना नै भन्नर्ुपर्छ एउटै घरभित्र वस्ने तर तलाई जलाउछु भनेर त्यही घरमा आगो लगाउने प्रवृतिले ग्रसित राजनीतिक दलहरुले घर जले आफुपनि जल्छु भन्ने होस छैन । एकिकृत नेकपा माओवादीले अन्य दललाई र अन्य दलले माओवादीलाई अपजसको भारी बोकाएर आफु उम्किने बाटो खोज्दैछन् । नागरिकको बलीदानी र संर्घष्ाको गौरब गाथाका ती ओजिला दिनले ५ औ वर्षा प्रवेश गर्न लाग्दा भईरहेको यो हर्कत वास्तवमै घिन लाग्दो र दिक्क लाग्दो छ । घृणित पात्रबाट जनआन्दोलन २०६२।६३

No comments: